• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

चितवन बन्यो पीपीएल च्याम्पियन

  •    शुभेच्छा न्यूज  /१२ पुष २०७६, शनिबार १५:३० ,  प्रकाशीत
  • चितवन राइनोजले दोस्रो संस्करणको पोखरा प्रिमियर लिग क्रिकेटको उपाधि जितेको छ । आज शनिबार भएको फाइनलमा विराटनगर टाइटन्सलाई ३२ रनले पराजित गर्दै चितवनले उपाधि जितेको हो ।

    पोखरा रंगशालामा २०३ रनको लक्ष्यसहित जवाफी ब्याटिङ थालेको विराटनगर निर्धारित २० ओभरमा १७० रनमा समेटिएपछि पारस खड्काको कप्तानीमा रहेको चितवन अपराजित रहँदै उपाधि जित्न सफल भएको हो ।

    विराटनगरका लागि मोहम्मद जाइद खानले सर्वाधिक ५७ रन बनाए । ४८ बलको सामना गरेका उनी ५ चौका ३ छक्का प्रहार गर्दै रोहन मुस्ताफाको बलमा भुवन कार्कीमार्फत क्याच भए ।

    नोमन खानले १८ रनमा रनआउट हुँदा कप्तान प्रदिप ऐरी ३६ र पुनित मेहराले ३२ रन आउट भए । आजको ३२ रनसँगै पुनित लिगमा सर्वाधिक रनकर्ता बने ।

    लोकेश बम १ रनमा पवेलियन फर्किदाँ सुनिल धमालाले ४ रन जोडे । दिलिप नाथले खाता नै खोल्न सकेनन् । चितवनका लागि करण केसीले ३ विकेट लिए । सन्नी पटेलले २ विकेट लिदाँ रोहन मुस्ताफाले १ विकेट लिए ।

    यसअघि पोखरा रंगशालामा पहिला ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा २ सय ३ रनको लक्ष्य दिएको थियो । जसमा अनिल कुमार साह र रोहन मुस्ताफाको अर्धशतक बनाए ।

    ओपनिङमा आएका मुस्ताफाले ५० रन बनाए । कप्तान पारस खड्कासँगै क्रिजमा आएका उनले ४३ बलको सामना गर्दै ४ चौका र १ छक्का प्रहार गरेका थिए ।

    कप्तान पारस २५ रनमा पवेलियन फर्किए । ११ बलमा ४ चौका र १ छक्का प्रहार गरेका किशोर महतोको बलमा नोमन खानमार्फत क्याच भए ।

    त्यसपछि क्रिजमा आएका बाबर हायत ५ रनमा आउट हुँदा मुस्ताफासँग अनिल शाहले उत्कृष्ट साझेदारी गरे । ३४ बलमा अनिलले ३ चौका र ३ छक्काको मदतमा ५० रन बनाएका थिए । अनिल पुनित मेहराको बलमा क्याच भए ।

    आरीफ शेख १९ रनमा जाइद खानको बलमा जितेन्द्रमुखियामार्फत क्याच भए । सन्नी पटेलले १६ र करण केसीले २६ रन बनाए । विराटनगरका लागि जाइद खान र पुनित मेहराले २ –२ विकेट लिए । किशोर महतोको नाममा १ विकेट रहेको थियो ।

    जितसँगै चितवनले राइजोजले २७ लाख रुपैयाँ पुरस्कार पाएको छ । उपविजेता विराटनगरले १० लाख रुपैयाँ पुरस्कार पाएको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.