• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

चित्तबुझ्दो मुल्य दिएर पोखरा विमानस्थलका लागि जग्गा अधिग्रहण गर्छौ ;मन्त्री भट्टराई

"उडानको सुरक्षाको लागि थप १ सय ४ रोपनी जग्गा आवश्यक  "
  •    शुभेच्छा न्यूज  /१२ पुष २०७६, शनिबार १७:०६ ,  प्रकाशीत
  • संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलले पोखरा विमानस्थल निर्माणको लागि थप जग्गा अधिग्रहण गरिने बताएका छन् ।

    नेपाल पत्रकार महासंघ कास्कीले आज (शनिबार) पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री भट्टराईले हवाई उडानको सुरक्षाको लागि थप १ सय ४ रोपनी जग्गा आवश्यक परेको बताउँदै जग्गाको प्रचलित मुल्य दिएर स्थानीयको स्किृतिमै अधिग्रहण गरिने बताएका छन् ।

    थप जग्गा अधिग्रहण गर्दा एकदर्जन कक्की घरहरु पर्ने भएकोले घर र जग्गाको समेत उचित मुल्य दिएर मात्र अधिग्रहण गर्ने मन्त्री भट्टराईले बताए ।

    हवाई उडान गर्दा टेकअफ र अवतरणको लागि (नेभिगेसन) को लागि थप जग्गा आवश्यक भएको मन्त्री भट्टराईले बताए। ‘विमानस्थल निर्माणको लागि आवश्यक पर्ने थप जग्गा अधिग्रहण हामीले प्रचलित मुल्यमा गर्नेछौं’ उनले भने ।‘हामीले सरोकारवाला सहितको कमिटि बनाउँ छौं, त्यसले जग्गा तथा घरको मुल्य निर्धारण गर्छ, कसैलाई एक्दमै नोक्सान हुने ढंगले हामी अधिग्रहण गर्दैनौं।’,

    पर्यटन मन्त्री भट्टराईले नेपाल भ्रमण वर्ष २०२० सफल बनाउन सबैको साथ र सहयोग आवश्यक रह्ेको बताए।उनले भ्रमण वर्ष नेपालको समग्र पर्यटकीय विकासका लागि महत्वपूर्ण बन्ने विश्वास व्यक्त गरे ।

    भ्रमण वर्षलाई प्रभावकारी बनाउन विदेश स्थित कूटनीतिक नियोगबाट विभिन्न कार्यक्रम सञ्चालन भई रहेको उल्लेख गर्दै उनले पर्यटन प्रवर्द्धनका काम पनि त्यही गतिमा अघि बढेको जानकारी दिए ।

    पर्यटन प्रवद्र्धनको महत्वपूर्ण आधारका रुपमा रहेको हवाइ सेवालाई व्यवस्थित गरिने बताउँदै उनले हाल २१ घण्टा सञ्चालनमा आएको मुलुकको एकमात्र त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलको स्तनोन्नति गरी २४सै घण्टा सञ्चालन गर्ने तयारी भइरहेको बताए ।

    भ्रमण वर्षको पर्यटन प्रवर्द्धनका लागि सचिवालयले रु ६५ करोडको माग गरेपनि सरकारले १० करोड छुट्याएको बताउँदै उनले आवश्यक रकम सरकारले उपलब्ध गराउने विश्वास व्यक्त गरे ।

    पोखराको रत्न मन्दिर र हिमागृहलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न नेपाल ट्रष्ट समक्ष पत्रचार समेत गरिसकेको मन्त्री भट्टराईले बताए । पर्यटकीय गतिविधि सहित पोखरामा पर्यटकीय गन्तव्यमा लगानी गर्न उनले आग्रह गरे ।

    नेपाल भ्रमण वर्षको प्रवर्धन गर्न सरकारसँग भ्रमण वर्ष तयारी समितिले ६५ करोडको बजेट माग गरे पनि १० करोड मात्र विनियोजन भएको उनले बताए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.