आपसी बिबादमा खुकुरी प्रहार गर्दा पोखरा -१७ घारीपाटनका एक युवक घाइते भएका छन् ।
पोखरा महानगरपालिका वडा नं – ६ स्थित खहरेमा रहेको बुटिक होटलमा भएको आपसी बिबादमा पोखरा -११ फुलबारी बस्ने २१ बर्षिय सुरज हमालको हतियार प्रहारबाट पोखरा -१७ घारीपाटन बस्ने बर्ष २१ का मलिन केसी सख्त घाइते भएको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।
घाइते केसीको हाल नयाँबजार स्थित चरक अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था मध्यम छ ।
घटनाको जानकारी लगत्तै पुगेको प्रहरीको टोलीले हतियार प्रहार गर्ने हमाललाई नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान गरिरहेको प्रहरीको भनाई छ ।

Related