• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

कास्कीको रिभानमा महिलाको हत्या गरेर फरार भएको युवा पक्राउ

" हत्या गरी फरार भएका श्रीपालीलाई तनहुँबाट पक्राउ  "
  •    शुभेच्छा न्यूज  /१३ पुष २०७६, आईतवार २०:१८ ,  प्रकाशीत
  • वृद्धा महिलाको हत्या गरेको आरोपमा कास्की प्रहरीले एक युवालाई पक्राउ गरेको छ ।कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ५ रिभानकी ६६ बर्षीया चिजा कुमारी विकको हत्या गरेको आरोपमा प्रहरीले म्याग्दीका खिमबहादुर श्रीपालीलाई पक्राउ गरेको हो ।

    विकको हत्या आरोपमा म्याग्दी धवलागिरी गाउँपालिका ५ घर भई पोखरा २५ हेम्जामा बस्दै आएका ३९ बर्षीय खिमबहादुर श्रीपालीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय कास्कीका प्रमुख एसपी दानबहादु कार्कीले बताए।

    विकको पुस ६ गते राती हत्या भएको थियो । हत्या गरेर भागेका श्रीपालीलाई प्रहरीले तनहुँको व्यास नगरपालिकाबाट शनिबार पक्राउ गरेको हो । वृद्धा बिकको गरगहना चोरेर हत्या गरी फरार भएका श्रीपालीलाई तनहुँबाट पक्राउ गरिएको प्रहरी प्रमुख एसपी कार्कीले बताए।

    चिजाको घरमा पुगेर रक्सी खाएर राती नै हत्या गरेको अनुसन्धानबाट खुलेको उनले बताए । श्रीपालीले चिजाको हत्या गरेर शवलाई ६ वटा शिरक र कम्मलले छोपेर घरको ढोकामा ताल्चा लगाएर फरार भएको प्रहरी प्रमुख एसपी कार्कीले बताए ।‘चिजाको हत्या भएको स्थानबाट करिब २ केजीको ढुंगा समेत फेला परेको छ’ उनले भने ।

    ढुंगाले टाउकोमा प्रहार गर्दा उनको हेड इन्जुरि भएर मृत्यु भएको उनको भनाई छ । श्रीपालीको साथबाट हालसम्म डेढ तोला सुन मात्र बरामत भएको प्रहरीले जनाएको छ ।

    श्रीपालीले बिक्रि गरेको सुन खरिद गर्ने सुन पसलका संचालकलाई अपराधिक गतिविधिमा संलग्न भएको आरोपमा पक्राउ गरिएको एसपी कार्कीले बताए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.