वृद्ध ‘बा आमा’ स्याहार्दै जेष्ठ नागरिक मिलन केन्द्र
"मिलन केन्द्रमा दैनिक ५० देखि ६० जनाको जमघट "
तपाईको प्रतिक्रिया





कृष्ण अन्जान ज्ञवाली
पोखरा महानगरपालिका १९ का महेश्वर पौडेल हरेक दिन एघार वज्दा नवज्दै आफुले सम्हालेको जेष्ठ नागरिक मिलन केन्द्रमा पुगि हाल्छन यो उनको दिनचर्या हो । उनि लामाचौर क्षेत्रका राजनितीक कर्मि हुन । यो वडाका नेपाली कांग्रेसका सभापति समेत रहेका उनलाइ वृद्ध नागरिकको धेरै चिन्ता छ ।
राजनिती आफ्नो ठाउंमा छ मलाइ सामाजिक सेवा मन पर्छ अझै वृद्ध बा आमाको रेखदेख गर्न पाउंदा आफुलाइ भाग्यमानि ठानेको छु पौडेलले भने ।
गएको वैशाखमा महेश्वर पौडेल जस्तै मन भएका स्थानिय हरुको पहलमा जेष्ठ नागरिक मिलन केन्द्र खोल्ने सहमति भयो र खोलियो पनि ।पोखरा महानगर पालिका वडा नं १९ को भक्ति पथमा रहेको विपि स्मृति भवनलाइ उपयोग गरेर यो मिलन केन्द्र सञ्चालनमा छ ।
वृद्धवृद्धाका लागि भनेर खोलिएको यो मिलन केन्द्रमा दैनिक ५० देखि ६० जनाको जमघट हुन्छ ।भजन किर्तन संगै आफ्ना पुराना सम्झना हरुलाइ यो मिलन केन्द्रमा आएर सन साटासाट् गर्छन बा आमा हरुले ।

केन्द्र शुरु गर्दा ८÷१० जना मात्र आउने गरेकोमा आजभोलि यो जेष्ठ नागरि मिलन केन्द्र डमक्के भरिने गरेको सस्था सञ्चालक समितीकी सचिव कमला ज्ञवालीको भनाइ छ ।उनको भनाइमा जति उमेर ढल्किन्छ त्यति घरमा एक्लो महशुस हुने र आफुजस्तै उमेर समुहका संग अन्तरंग कुराकानिमा रमाउने भएर पनि जेष्ठ नागरिक मिलन कृेन्द्रमा वृद्धवृद्धाको संख्या वढेका हो ।
निश्चय पनि घरमा एक्लै वस्नु पर्ने वाध्यता भएका बा आमाको रोजाइ यो मिलन केन्द्र वनेको छ ।यो मिलन केन्द्रमा बा आमा लाइ मनोरञ्जन दिन भजन समुह पनि सकृय छ ।लामाचौर क्षेत्रका अग्रणी भजन गाएक डोव वहादुर केसीको भजन टोलि ले यो केन्द्रमा भजन गाएर मनोरञ्जन दिने गरेका छन ।
भजन किर्तन सुने पछि बा आमा हरुले सवै पिडा र व्यथा भुल्ने गरेकामा आफुलाइ सन्तोष लागेको वताउंछन भजन समुहका नाइके डोव वहादुर केसी ।
यो दिवा सेवा केन्द्रमा खाजा चियाको खर्चको जोहो पनि केन्द्रमा आउने बा आमा तथा अन्य चन्दा दातावाट हुने गरेको कमला ज्ञवालीको भनाइ छ ।
व्यवस्थापनमा खटिने हरु भने युवा समुह हुन जसले बा आमा प्रतिको आस्थालाइ यो मिलन केन्द्रमा पोखेका छन ।राज्यको खासै लागानी छैन यो मिलन केन्द्रमा तैपनि १० मैनादेखि निरन्तर चलेको छ यो केन्द्र ।
सत्तरि वर्षे धनमायाले आफुले यो मिलन केन्द्रमा आउंदा सवै दुख भुलेका वताइन ।हामिले स्थानिय निकाय प्रदेश साथै संघलाइ पनि सहयोगका लागि आह्वान गरेका छौं राज्यले गर्ने कार्य हामिले गरेका छौ यसको निरन्तरतामा अवस्य पनि सहयोग गर्छ भन्नेमा आशावादी छौं मिलन केन्द्रका अध्याक्ष महेश्वर पौडेलको भनाइ छ ।
यतिवेला घर परिवार वाटै तिरस्कृत छन वृद्ध बा आमा हरु ,आफ्ना दुखपिडा सुनिदीने कोहि छैन ,छोराछोरी या त विदेश छन यो बा आमा संग वोल्नै फुर्सद छैन यस्तो अवस्थामा निश्चय पनि यसप्रकारका मिलन केन्द्रहरु बा आमाका लागि दिन कटाउने माध्यम वन्न सक्छ ।
Related