दानविर भगवती आमा जसले भएजतिको सवै सम्पत्ती सामाजिक संघसंस्थालाई सुम्पिईन्
"संस्थाको जग्गा उनकै थियो र उनले नै आमा समुहलाइ दान दिएकी हुन "
तपाईको प्रतिक्रिया





समाज बिचित्रको छ। अनेकौ स्वाभावका मानिसहरुको समाजमा बसोवास हुन्छ ।त्यहि समाज हो जहाँ स्वार्थ द्धवेष र कलह संगै समाज भित्र आपसि माया प्रेम स्नेह र निस्वार्थ भावना पनि हुन्छ ।समाजलाइ आँखा देखाउने धेरै निश्वार्थ समाजसेबी अझै पनि समाजमा छन ।
जीवनका उत्तराद्र्धको ९१ वसन्त पार गरेकी भगवती राउत यही समाजकी यस्ती अभियन्ता हुन जसले आफ्नो भए भरको सम्पति सामाजिक संघ सस्थालाइ दान गरेर त्यही सामाजिक संस्थाले वनाएको सामुदायिक भवनको एउटा कोठामा जीवन निर्वाह गर्दै छिन् ।
आजभोलि उनि पोखरा महानगपालिका वडा नम्वर १९ भक्ति पथको महिला विकास वहुउदेस्सिय आमा समुहको एउटा कोठामा दिन विताउँछिन जुन संस्थाको जग्गा उनकै थियो र उनले नै आमा समुहलाइ दान दिएकी हुन ।
पोखरा महानगर पालिका वडा नं १९ लामाचौर भक्तीपथकी एकानव्वे वर्षकी यि भगवति राउतले करिव १० करोड बराबरको जायजेथा विभन्नि संघ संस्थालाइ दान गरेकी छन ।
स्थानिय तिल कुमारी कार्कीलाइ सम्झना छ उनि त्यहि आमा समुहको अध्यक्ष हुदा भगवती राउतले पहिलो पटक २०५७ सालमा स्थानिय महिला विकास वहुउदेस्सिय आमा समुहलाइ ४ आना जग्गा दान गरकी थिइन् ।
‘समाजसेवा हुन्छ सवै खुसि हुन्छन भने मलाइ के नपुग्दो छ र ? म जग्गा दान गर्छु भन्दै राजीखुसी आमा समुहको भवन वनेको यो जग्गा भगवती फुपुले दिनु भएको हो’ आमा समुहकी संस्थापक अध्यक्ष तिलकुमारी कार्कीले भनिन् ।
दानविर बृद्धले आफ्नै जग्गाको ३ आना फेरि गणेश मन्दिरका लागि दिइन र त्यो जग्गामा मन्दिर वन्यो त्यतिले पनि उनको मन मानेन र वांकी साढे २ रोपनि जग्गा नेपाली कांग्रेसको स्थानिय कमिटीलाइ दिइन । त्यस जग्गामा अहिले विपि स्मृति भवन समेत वन्यो ।
नेपाली कांग्रेसलाइ दान दिएको जग्गामा सुविधा सम्पन्न विपि स्मृति भवन वनाइएको छ । यहि भवनमा दैनिक ६० जना वृद्धवृद्धाहरु जम्मा हुने गरि जेष्ठ नागरिक मिलन केन्द्र चलाइएको छ जसको कारणले यि दानविर आमाको सामाजिक सेवामा दिइएको योगदान सार्थक भएको जेष्ठ नागरिक मिलन केन्द्र सञ्चालक समितीकी सचिव कमला ज्ञवाली बताउँछिन्।
दानविर भगवती आमाले आफ्ना छोराछोरी नभएपछि आफनो पालनपोषण गर्ने सम्पत्ती दिने वताएकी थिइन । उनको पालनपोषण गर्ने ब्याक्ती नाताले भदा पर्ने मदन बहादुर खत्रि थिए । यदि चाहेको भए यो जग्गा उनको हुनसक्थ्यो तर उनि नेपाली कांग्रेसका नेता मात्र थिएनन्। सामाजिक अगुवा पनि थिए।
उनी निश्वार्थी र त्यागी भएका कारणले जग्गा आफुले लिएनन । बरु उक्त जग्गा सामाजिक उत्तर दायित्व वहन गर्दै नेपाली कांग्रेस लामाचौरको नाममा गरीदिए । उनले पार्टीका नाममा सुम्पिएको सो जग्गामा अहिले सवैका लागि काम लाग्ने विपि स्मृति सामुदायिक भवन वन्यो ।
‘मान्छेको चेतनाले काम गर्छ मेरो चेतनामा मेरो भन्ने भावना भन्दा समाजको भन्ने भावना थियो’ मदन बहादुर खत्रिले भने ।‘त्यसैले म स्वार्थी वन्न चाहिन ।’
जग्गा सवै दान गरि सकेपछि यतिवेला उनि आफैले दान गरेको जग्गामा वनेको आमा समुहको जग्गामा बस्दै आएकी छन्। आफ्ना सन्तती छैनन्। लामो समय एक्लै वसेकी उनि वृद्धा अवस्थामा पुेगेपछि उनकै आफन्तलाइ रेखदेखका लागि खटाइएको छ ।
अहिले उनको रेखदेख उनकै सौतेनिनालका छोरावुहारीले गर्ने गरि नेपाली कांग्रेसले व्यवस्था मिलाएको कांग्रेसका लामाचौर अध्यक्ष महेश्वर पौडेलले वताए ।
जीवनको यतिलामो यात्रा पूरा गरेकि उनले आफ्नो अन्त्य पछि देवघाटमा पु¥याउन आग्रह गरेकी छन ।त्यहां पुग्ने जो कोहिलाइ पनि आफ्नो मरण पछि देवघाट लैजान भन्ने गरेकी छन ।
उनलाइ भेट्न जाने जो कोहिलाइ पनि आशिष दिने उनले भोकै नजान केहि खाएर जान भन्दै थिइन ।निश्चय पनि उनको यो त्यागले जो कसैलाइ पनि उनको नजिक पुगे पछि शिर निहु¥याउन वाध्य पार्छ ।
Related