नेत्रविक्रम चन्द्र विप्लव नेतृत्वका नेकपाका कार्यकर्ताले प्रहरीलाई लक्षित गरि गोली चलाएका छन्। प्रहरीले पनि जवाफी फाइरिङ गरेपछि विप्लव कार्यकर्ता र प्रहरीबीच गोली हानाहानसमेत भएको प्रहरीले जनाएको छ।
पञ्चपुरी नगरपालिका ८ दुलालथाईमा प्रहरी र विप्लव कार्यकर्ताबीच गोली हानाहान भएको सुर्खेतका एसपी दिल्लराज पन्तले पुष्टि गरेका छन्। विप्लव र प्रहरी दुबै पक्षबाट दुई/दुई राउन्ड गोली हानाहान भएको एसपी पन्तले जनाए।
दुलालथाईमा विप्लवका नेता रहेको भन्ने सूचनाका आधारमा प्रहरी पुग्दा घटना भएको सुर्खेत जिल्ला प्रमुख अधिकारी वसन्त अधिकारीले बताए। उनले भने, ‘विप्लवका नेता छन् भन्ने थाहा पाएपछि प्रहरी पुगेको थियो।
तर, नेता भागेका छन्, घर खानतलासी गरेर कागजात कब्जामा लिएर अनुसन्धान भइरहेको छ।’ विप्लवका स्थानीय कार्यकर्ता गाउँ बसेको विशेष सूचनापाएपछि प्रहरी अनुसन्धानका लागि घटनास्थल पुगेको थियो।

Related