पोखरामा भएको सवारी दुर्घटनामा परी २ जनाको मृत्यु
"जीप र मोटरसाइकललाई विपरीत दिशाबाट आएको बसले ठक्कर "
तपाईको प्रतिक्रिया





पोखरामा सवारी दुर्घनामा परी जनाको मुत्यु भएको छ । गएराति पोखराको चाउथेमा भएका दुर्घटना मोटरसाइकल चालक रोशन गुरुङ र जीप चालक सरोज लामाको मृत्यु भएको हो ।
मोटरसाइकललाई जीपले पछाडिबाट ठक्कर दिएपछि अनियन्त्रित भएको जीप र मोटरसाइकललाई विपरीत दिशाबाट आएको बसले ठक्कर दिदा गम्भिर घाइते भएका २ जनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यलय कास्कीका प्रमुख प्रहरी निरीक्षक सन्तोष रोकाले बताए ।
अमरसिंह चोक तर्फबाट चाउथेतर्फ जाँदै गरेको ग १३ प ९५३७ नम्बरको मोटरसाइकल र ग २ च २७२६ जीप आपसमा ठक्कर खाएर अनियन्त्रित भई पोखरा तर्फ आउँदै गरेको बससँग ठक्कर खाएको प्रहरीले बताएको छ ।
दुर्घटनामा परी मोटरसाइकल चालक तनहुँ थप्रेकका १९ वर्षीय रोशन गुरुङ र पोखरा २९ भण्डारढिक सैनिक बस्ती बस्ने जीप चालक ३६ बर्षीय सरोज लामाको पोखरा स्वास्थ्य प्रतिष्ठानमा उपचारका क्रममा मृत्य भएको प्रहरी निरिक्षक रोकाले बताए ।
दुबै जनाको शव हाल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ । सो दुर्घटनामा जीपमा सवार पोखरा २९ का ३४ वर्षीय प्रेम परियार गम्भीर घाइते भएका छन् । उनको टाउको र छाँतीमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ । उनको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भईरहेको छ ।
Related