• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

राष्ट्रिय औद्योगिक व्यापार मेलाको तयारी पूरा

"मेला गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गर्दै "
  •    शुभेच्छा न्यूज  /१६ पुष २०७६, बुधबार २०:१८ ,  प्रकाशीत
  • पोखराको नयाँबजारमा आयोजना हुने ‘समृद्धि राष्ट्रिय औद्योगिक व्यापार मेला,२०७६, पोखराको तयारी पूरा भएको छ ।आयोजक पोखरा उद्योग वाणिज्य संघले बुधबार पत्रकार सम्मेलनको आयोजना गरि मेलाको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको जानकारी गराएको हो ।

    ‘मेलाका केही सामान्य कामबाहेकका मुख्य तयारी सकिएको छ’, पत्रकार सम्मेलनमा संघका अध्यक्ष दामु अधिकारीले भने,‘हामी अब मेलाको समुद्घाटनको पखाईमा छौँ ।’ पुस १८ बाट २८ गतेसम्म चल्ने मेलाको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गर्दैछन् । मेलाको उद्घाटनअघि संघको सचिवालयबाट प्रभातफेरीको आयोजना गरिने उनले बताए ।

    उत्पादक र उपभोक्तालाई एउटै थलोमा भेट गराउने तथा उद्यमशीलता सिकाउने उदेश्य बोकेको मेलामार्फत नेपाल भ्रमण वर्ष २०२० लाई सघाउने पनि उनले जिकिर गरे । मेलामा औद्योगिक क्षेत्रका उद्योगहरुबाट २० वटा स्टलसहितको छुट्टै पेभेलियन,हस्तकलाका २३, गलैँचा, बैंक तथा वित्तिय क्षेत्र, फ्लोरिकल्चरसहितका झण्डै २ सय ७० वटा स्टल रहने छन् ।

    यी स्टलमार्फत अटोमेला, सूचना तथा प्रविधिहरुको प्रदर्शनी, विभिन्न सरकारी तथा गैह्र सरकारी संघ संस्थाहरुको गतिविधीहरुको प्रदर्शन गरिने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

    मेला अवलोकनकर्तालाई नेपाल टेलिकमसँगको सहकार्यमा ६० रुपैयाँको टिकट काटेपछि ५० रुपैयाँ ब्यालेन्स भएको सिमकार्ड प्रदान गरिने व्यवस्था मिलाइएको संघका वरिष्ठ उपाध्यक्ष नारायण कोइरालाले बताए ।

    उनका अनुसार विद्यार्थीहरुको लागि परिचयपत्रको आधारमा प्रवेश टिकटको शुल्क ४० रुपैयाँ कायम गरिएको छ । सिमकार्ड लिनको लागि अवलकोकनकर्ताले आफ्नो नागरिकताको फोटोकपी र एउटा फोटो भने ल्याउनु पर्नेछ । मेला परिसरमा रहने नेपाल टेलिकमको स्टलमार्फत सिमकार्ड बितरण गरिने छ ।

    यता संघका वाणिज्य उपाध्यक्ष पवनकुमार प्रजापतिका अनुसार मेलामा वुटवलका इन्जिनियर शिशिर जिसीले आविष्कार गरेका ६० प्रतिशत इन्धन र ४० प्रतिशत पानीको प्रयोगबाट मोटर र मोटरसाइकल चल्ने प्रविधिलाई प्रवद्र्धन गर्ने कार्यक्रम पनि रहेको छ । मेलामा लोकदोहोरी प्रतियोगिता,पञ्चेबाजा प्रतियोगिता ,नेपालका ख्यातिप्राप्त व्याण्डहरुको सांगितिक कार्यक्रम, खुल्ला एकल नृत्य प्रतियोगिता र प्रहशनहरु पनि समावेश गरिएको उद्योग उपाध्यक्ष विन्दु कोइराला सुवेदीले जानकारी दिइन् ।

    संघका महासचिव अर्जुृन पोखरेलले मेलाले पर्यटन प्रवद्र्धनलाई विशेष जोड दिएको बताए । उनले संघको नियमित कार्यक्रमको रुपमा समावेश भए पनि मेला सबै पोखरेलीको भएको जिकिर गरे ।

    संघका कोषाध्यक्ष सुरेन्द्रमान विजुक्छेले करिब १ लाख अवलोकनकर्ताले मेलामा सहभागिता जनाउने दावी गर्दै मेलाबाट करिब ३० लाख वचत हुने अनुमान लगाए । उपमहासचिव चिनु गुरुङले मेलामा महिला उद्यमीका उत्पादनहरुको प्रदर्शनी तथा बिक्रीलाई विशेष महत्व दिइएको बताइन् ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.