बाजुराको हिमाली गाउँपालिका-७ बाधु कालापडस्थित सडकमा से.१ ज १०६४ नम्बरको जीप सडकबाट करिब ४ सय मिटर तल कर्णाली नदीमा खसेर बिहीबार दिउँसो दुर्घटना हुँदा जिपका चालकसहित ४ जनाको मृत्यु भएको छ।
जीपका चालक जगन्नाथ गाउँपालिका-५ गोत्री बस्ने रमेश शाही रहेको प्रहरीले जनाएको छ। चारैजनाको घटनास्थलमै मृत्यु भएको हो।
दुर्घटनामा परी घाइते भएका जिपमा सवार ४ जनालाई उपचारका लागि कोल्टी प्राथामिक स्वास्थ्य केन्द्र कोल्टी लगिएको छ भने वेपत्ता भएका १ जनाको प्रहरीले खोजी गरिरहेको छ।
यस्तै, अछामको विनायक नगरपालिका–४ पलतास्थित सडकमा भे.१ त ८२९४ नम्बरको ट्रयाक्टर सडकबाट करिब ३ सय मिटर तल खसेर बिहीबार बिहान दुर्घटना हुँदा चालक दैलेख आठबिस नगरपालिका–३ बस्ने ३२ वर्षीय दिनेश विकको घटनास्थलमै मृत्यु भएको छ।

Related