• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखरा आसपासका क्षेत्रमा भारी हिमपात ,चिसो बढ्यो

"कास्कीको सिक्लेस, घान्द्रुक लगायतका ठाउँमा हिउँ  "
  •    शुभेच्छा न्यूज  /१८ पुष २०७६, शुक्रबार २०:२३ ,  प्रकाशीत
  • शुक्रबार बिहानैदेखि पोखरा र आसपासका क्षेत्रमा वर्षा र हिमपात भएपछि बढेको चिसोले जनजीवन प्रभावित भएको छ । चिसो बढेका कारण विद्यार्थी कठ्याङ्ग्रिंदै परीक्षा दिन बाध्य भए भने बजार क्षेत्रका अधिकांश पसल खुल्न सकेनन् ।

    मौसम पूर्वानुमान शाखा पोखराका सुरेश खनालका अनुसार पोखरामा शुक्रबार दिनभर ३० मिलिमिटर पानी परेको जानकारी दिए । ‘पश्चिमी वायुका कारण पानी परेको हो । अझै केही दिन मौसम खुल्दैन । चिसो नै रहन्छ,’ उनले भने ।

    पोखरा आसपासका क्षेत्रमा भारी हिउँ परेको छ । कास्कीको सिक्लेस, घान्द्रुक लगायतका ठाउँमा हिउँ परेकाले चिसो बढेको हो । ‘बस्तीसम्म त हिउँ आइपुगेन । तर, बस्तीमाथिसम्म हिउँ परेकाले चिसो बढेको छ,’ अन्नपूर्ण गाउँपालिका उपाध्यक्ष सगुन गुरुङले भनिन् ।

    पानी परेको र मौसम नखुलेका कारण पोखरा विमान उडानसमेत प्रभावित भएको छ । शुक्रबार पोखरा आउने र जाने कुनै पनि उडान हुन सकेनन् ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.