• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

स्याङ्जाकाे सीडीओ कार्यालयको सेवा अब इलाका प्रशासन कार्यालय वालिङबाट

  •    शुभेच्छा न्यूज  /१८ पुष २०७६, शुक्रबार १९:४४ ,  प्रकाशीत
  • जिल्ला प्रशासन कार्यालयबाट पुतलीबजारमा हुने सेवा प्रवाह अबदेखि इलाका प्रशासन कार्यालय वालिङबाट पनि सञ्चालन हुने भएको छ ।

    स्याङ्जाका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्ले हरेक शुक्रबार इलाका प्रशासन कार्यालय वालिङबाट जनताको सेवा प्रवाह गर्न सुरु गर्नुभएको हो । जिल्लाको भौगोलिक अवस्थालाई मध्यनजर गर्दै इलाका प्रशासनबाट सेवा लिने सेवाग्राहीका लागि जिल्ला सदरमुकाम पुग्नुपर्ने बाध्यतालाई अन्त्य गर्न भन्दै प्रजिअ कुरुम्बाङ्ले कार्यको सुरुवात गर्नु भएको हो ।

    जनसंख्याको आधार र सेवा प्रवाहमा जिल्ला प्रशासन कार्यालय स्याङ्जाबाट भन्दा इलाका प्रशासन कार्यालयबाट बढी हुँदै आएको छ । ४० प्रतिशत नागरिकता, एमआरपी पासपोर्ट जिल्ला प्रशासनबाट वितरण हुन्छ भने ६० प्रतिशत वालिङबाटै हुदै आएको छ । इलाका प्रशासन प्रमुखको तहभन्दा माथिबाट गर्नुपर्ने कामका लागि प्रमुख जिल्ला अधिकारीले गर्ने व्यवस्था अनुरुप वालिङ तथा पश्चिमका जनता जिल्ला सदरमुकाम पुग्नुपर्ने बाध्यता रहँदै आएको थियो ।

    संघीय सरकारको निर्देशन अनुसार जनताको नजिक बसेर सेवा प्रवाह गर्नु भन्ने अदेशलाई पालना गरेको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्ले जानकारी दिनुभयो ।

    राष्ट्रसेवक कर्मचारीबाट जनतालाई दुख दिनुहुन्न भन्ने मान्यता अनुरुप जिल्लामा खटिएका कर्मचारीलाई पनि त्यसै बमोजिम निर्देशन दिएको प्रजिअ कुरुम्बाङ्को भनाइ छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.