• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

वडाअध्यक्ष कार्यकक्षमै कुटिए

  •    शुभेच्छा न्यूज  /२२ पुष २०७६, मंगलवार २१:३० ,  प्रकाशीत
  • शुक्लाफाँटा नगरपालिका-११ कञ्चनपुरका वडा अध्यक्ष दिलबहादुर बुढामाथि मंगलबार हातपात भएको छ। छाडा गाईगोरु व्यवस्थापनको खर्चबारे विवाद हुँदा बुढामाथि कुटपिट गरेको वडा कार्यालयका कर्मचारीले बताए।

    वडा कार्यालयमा रहेका वडा अध्यक्ष बुढामाथि अग्नि विष्ट र उनका छोरा लोकेन्द्र विष्टले कुटपिट गरेका हुन्।२०७४ सालमा १५ दिनका लागि विष्टलाई नगरपालिकाले छाडा गाई व्यवस्थापनको जिम्मा दिएको थियो। गाई जिम्म दिएबापत विष्टलाई नगरपालिको दुई लाख ६० हजार रकम भुक्तानी गरेको थियो।

    गाई व्यवस्थापनको अझै दुई लाख रुपैयाँ रकम बाँकी रहेको भन्दै मदिरा सेवन गरी बुवाछोराले विवाद गरी कुटपिट गरेको वडा अध्यक्ष बुढाले बताए। ‘सम्झौताभन्दा बढी रकम विष्टले बुझेर लगेका छन्’ अध्यक्ष बुढाले भने, ‘भुक्तानी पाइसके पनि छाडा गाई व्यवस्थापनमा खटिएका कामदारलाई रकम नदिई खर्च गरेका छन्।

    उल्टै अझै रकम पाउनु पर्ने भनी बखेडा झिकेर कुटपिटमा उत्रिए।’ ‘रकम भुक्तानीबारे नगरपालिकासँग सम्झौता गरिएको छ। तर गालीगलौज गर्दै ममाथि नै कुटपिट गरे’ उनले थपे।

    नगरपालिकका नगर प्रमुख दिलबहादुर ऐरले कार्य कक्षमै रहेका जनप्रतिनिधिमाथि कुटपिट गर्ने कार्य कदापी पनि सैह्य नहुने बताए।

    ‘पाउनु पर्ने रकम भए पनि नगरपालिकासँग बुझे हुन्थ्यो’, उनले भने ‘मदिरा सेवन गरेर जनताको सेवामा खटिएका जनप्रतिनिधिमाथि कुटपिट गर्नेहरूमाथि कानुनी कार्वाही हुन्छ।’

    वडा अध्यक्ष बुढालाई कुटपिट गर्ने बुवाछोरा दुवैलाई इलाका प्रहरी कार्यालय झलारीले पक्राउ गरेको छ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.