पृथ्वीनारायण क्याम्पसका दुई सय १४ प्राध्यापकहरुले सामुहिक राजिनामा दिदै
"क्याम्पस प्रशासनले सामान्यमजदुरको भन्दापनितल्लो स्तरको व्यवहार गरेको आरोप "
तपाईको प्रतिक्रिया





आशिकप्राध्यापक संघ पृथ्वी नारायण क्याम्पसले क्याम्पस प्रशासनले सामान्यमजदुरको भन्दापनितल्लो स्तरको व्यवहार गरेको भन्दै सामुहिक राजिनामादिने भएका छन् ।
क्याम्पसमाअध्यापनरत दुुई सय १४ जनाआशिकशिक्षकरुले वुधवार क्याम्पस परिषरमा भेलाआयोजनागर्दै प्रशासनले विगत १४ वर्ष देखि नियमित पठनपाठन गराईरहेका प्राध्यापकहरुको सामान्यमजदुरको भन्दापनितल्लो स्तरको ज्यालादारीको रुपमाकाम गराएको भन्दै सामुहिक राजिनामादिने जानकारी गराएकाहुन् ।
आशिंकप्राध्यापक सघ पृथ्वी नारायण क्याम्पसकाअध्यक्ष सुनिलगौतमले विश्वविद्यालयले विगत १४ वर्ष देखि स्नातकोत्तर प्राप्त शैक्षिकजनशंक्तिलाई सामान्यमजदुरको तुलनामापनिव्यवहार नगरेको भन्दै आक्रोश पोखे ।
अध्यक्षगौतमले भने–“अवको आन्दोलन हामीलाई विश्वविद्यालयले न्यूनतमभन्दापनिन्यूतम स्तरमा गरेको व्यवहार र अन्तराष्ट्रिय श्रम नियमको पनिखिल्ली उडाएको हुदासिधै क्याम्पस प्रशासनसँगहो ।” अवदेखीक्याम्पसमाआफुहरु कसैले पनिकक्षालिननसक्ने भन्दै प्रशासनलाई विश्वव्यापीश्रम नियमतथा देशकै अन्यक्याम्पस र र्पथ्वी नारायण क्याम्पसको अधिल्लानजिरहरुलाई हेर्न पनिउनले अनुरोध गरेका छन् ।
संघका सचिवखिमानन्दपौडेलले क्याम्पस प्रशासन र विश्वविद्यालयले आफुहरुलाई दैनिकज्यालादारी मजदुरको व्यवहार गर्दा समस्या परेको धारणा राखे । उनकाअनुसार क्याम्पसको ६० प्रतिसतकक्षाभार आशिकप्राध्यापकले लिने र प्रशासनउत्कृष्ठ क्याम्पसको रुपमा सम्मानथाप्ने गरेको छ । उनले भने–“या त हामीलाई असक्षमभनेर फाल्नु प¥यो होईन भने लामो समय घर न घाटको बनाएर राख्नपाईदैन ।”
आशिकप्राध्यापकहरुले विगत १२ वर्ष देखि नियमित रुपमा सांकेतिकआन्दोलन गरेपनिप्रशासनले नटेरेको पनिउनको भनाई छ । अन्तिमआन्दोलन भन्दै प्राध्यापकहरुले गएको मंसिर २८ गते देखि चरणवद्ध आन्दोलन घोषणा गरेका थिए ।
Related