• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

असन्तुष्ट जिल्ला सभापतिहरुलाई देउवाले दिए ‘ब्रेकफास्ट’को निम्तो

"सानेपामा भेला भएका असन्तुष्ट जिल्ला सभापतिहरुलाई बिहीवार बिहान 'ब्रेकफास्ट'को निम्तो "
  •    शुभेच्छा न्यूज  /२३ पुष २०७६, बुधबार २०:१० ,  प्रकाशीत
  • नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले तीन दिनेदेखि पार्टी कार्यालय सानेपामा भेला भएका असन्तुष्ट जिल्ला सभापतिहरुलाई बिहीवार बिहान ‘ब्रेकफास्ट’को निम्तो दिएका छन्।

    वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, नेता प्रकाशमान सिंह, नेता कृष्णप्रसाद सिटौलालगायतका नेताहरुले राय लिन सानेपामा बोलाएका जिल्ला सभापतिहरुलाई देउवाले ब्रेकफास्टको निम्तो दिएका हुन्।

    ‘भोलि ब्रेकफास्टका लागि सभापतिले बोलाउनु भएको छ, हामी सबै जाँदैछौं,’ नुवाकोटका कांग्रेस जिल्ला सभापति जगदीश नरसिंह केसीले भने।

    मंगलवारबाट शुरु भएको असन्तुष्ट पक्षको जिल्ला सभापतिहरुको भेला आज सकिएको छ। भेलामा ५२ बढी जिल्लाका जिल्ला सभापतिहरु भेला भएको पौडेल पक्षले दाबी गरेको छ।

    सभापति देउवाले पुस ११ गते बहुमतको आधारमा महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेपछि पौडेललगायत नेताहरु रुष्ट बनेका थिए। रुष्ट नेताहरुले देउवाको कदमविरुद्ध रणनीति बनाउन सानेपामा जिल्ला सभापतिहरुको भेला राखेका थिए।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.