• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

सूचना प्रविधि विधेयकविरुद्ध कांग्रेसको खबरदारी

  •    शुभेच्छा न्यूज  /२४ पुष २०७६, बिहीबार २१:२६ ,  प्रकाशीत
  • नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृत्वको सरकारले संविधानविरोधी विधेयकहरू ल्याएर लोकतान्त्रिक व्यवस्थामाथि प्रहार गरेको आरोप लगाएका छन् ।

    नेपाल विद्यार्थी संघ (नेविसंघ)ले बिहीबार माइतीघर मण्डलामा आयोजना गरेको सूचना प्रविधि विधेयकविरूद्धको सभालाई सम्बोधन गर्दै नेता जोशीले सरकारका कारण लामो समयको संघर्ष र बलिदानपछि प्राप्त अधिकारहरू खोसिँदै गएको दाबी गरे ।

    ‘लोकतान्त्रिक व्यवस्थामाथि सरकारले प्रहार गरेको छ । नेपाली जनताले लामो संघर्ष र वलिदानपछि प्राप्त लोकतान्त्रिक अधिकारहरू खोसिँदै छन्,’ उनले भने, ‘आजजनताका अभिव्यक्ति स्वतन्त्रता खोसिने विधेयकहरू आएका छन् ।’

    नेपाली जनतालाई जिस्क्याउने काम भयो भने नागरिकको अधिकार खोसिनेहरू स्वयम् नासिने बताए । कार्यक्रममा नेता गगन थापाले सरकार नागरिकको मुख थुन्न लागेको उनले बताए ।

    ‘विधेयकहरू नागरिकको अधिकार खोस्ने गरी आइरहेका छन् । विधेयक यसरी आउनुको पछाडि प्रधानमन्त्री बलियो भएर होइन, लुते भएर हो,’ उनले भने, ‘प्रधानमन्त्रीले काम गरेर जवाफ दिने हिम्मत गर्नु भएन, सामाजिक सञ्जालमा आएको आफूमाथि हुने टिप्पणीलाई नियन्त्रण गर्ने गरी कानुन बनाउन खोज्नुभयो ।’

    सूचना प्रविधि विधेयक अहिलेको अवस्थामा पारित भए सरकारका अरिङ्गालबाहेक कोही बाँकी नरहने थापाले जिकिर गरे । ‘विधेयक जस्ताको तस्तै पारित भयो, सरकारका अरिङ्गालबाहेक कोही बाँकी रहँदैनन् । नेकपा र अखिलका साथीहरूले बुझे हुन्छ– भीम रावल र रामकुमारी झाँक्री पनि पक्राउ पर्छन्,’ थापाले भने ।

    यस्तै, उनले सूचना प्रविधि विधेयकमाथि सडकदेखि सदनसम्म छलफल गर्न तयार रहेको बताए । उनले विधेयकका पारित हुन नदिन संसद र सडकमा लड्ने बताए । यता कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडले पनि नागरिकको अधिकार रक्षाका लागि संसदमा सडकको साथ आवश्यक रहेको बताए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.