पोखरामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
पोखरा महानगरपालिका वडा नं १३ आर्वा स्थित थापाको चौतारा नजिकै कुखुराको दाना बोकेको ग २ च ९८५ नम्बरको जिप बिहान ११:४५ बजेको समयमा अनियन्त्रित भइ पल्टदा एक जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।
प्रहरीका अनुसार जिपमा सवार तीनजना मध्ये स्याङ्गजा जिल्ला आँधिखोला गाउँपालिका -१ दरौँ सिरुबारी घर भइ हाल पोखरा -१४ चाउथे बस्ने अन्दाजी बर्ष १७ का लक्ष्मण भनिने मन बहादुर सुनारको मृत्यु भएको हो ।
गम्भीर घाइते सुनारलाई उपचारका लागि पश्चिम क्षेत्रिय अस्पताल पठाइएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन् । घाइते मध्ये अन्य दुईको अबस्था सामान्य रहेको छ । घटनाका बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।

Related