माघे संक्रान्तिको अवसरमा पोखरामा क्योकुशिन कान फुल कन्ट्याक्ट कराँते प्रतियोगिता हुने भएको छ ।
नेपाल क्योकुशिन कान कराँते संघ कास्कीको आयोजनामा पुस २९ र माघ १ गते पोखरा–१७ स्थित पवित्र धार्मिकस्थल ढुंगेसाँघुमा प्रतियोगिता आयोजना हुने शनिबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइएको हो ।
प्रतियोगितामा पुरुष तर्फ २५, ३०, ३५, ४०,४५, ५०, ५५ र ६० केजी तौल समूहमा प्रतिस्पर्धा गराईने छ । महिला तर्फ भने ३५, ४०, ४५ र ५० केजी तौल समूहमा प्रतिस्पर्धा गराईने क्योकुशिन कान कराँते गण्डकी प्रदेश प्रमुख दिपकबहादुर गोदारले बताउनुभयो ।
उहाँका अनुसार प्रतियोगितामा कास्की, स्याङजा, तनहुँ, पर्वत, म्याग्दी, गोरखा लम्जुृङ जिल्लाका १ सय ५० जनाले प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगिता सम्पन्न गर्न विभिन्न उपसमिति गठन गरिएको प्रतियोगिता संयोजक दानबहादुर क्षेत्रीले बताउनुभयो । विजेता खेलाडीलाई शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने छ ।
प्रतियोगितामा ५ लाख खर्च र २ लाख बचत हुने अनुमान गरिएको नेपाल क्योकुशिन कान कराँते संघ कास्कीका अध्यक्ष बेलबहादुर थापाले बताउनुभयो ।
प्रतियोगिताबाट बचत रकमले खेल सामाग्री खरिद गरिने अध्यक्ष थापाले बताउनुभयो । गत वर्ष सम्पन्न प्रतियोगिताबाट ८० हजार बचत भएको र त्यसमा थप रकम संकलन गरी ५ लाख रुपैयाँ बराबरको खेल सामाग्री खरिद गरिएको संघले जनाएको छ ।

Related