• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

गण्डकी प्रदेशका मुख्यमन्त्रीबाट पृथ्वीजयन्तीको शुभकामना

" पृथ्वीनारायण शाहलाई ‘नेपाल एकिकरणका नायक’को संज्ञा "
  •    शुभेच्छा न्यूज  /२६ पुष २०७६, शनिबार १९:५१ ,  प्रकाशीत
  • गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पृथ्वीजयन्तीको शुभकामना दिएका छन् । उनले शुभकामना सन्देशमा पृथ्वीनारायण शाहलाई ‘नेपाल एकिकरणका नायक’को संज्ञा दिएका छन् ।

    राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतका केही संघ÷संस्थाले २९८ औँ पृथ्वीजयन्तीमा सार्वजनिक बिदाको माग राख्दै आए पनि गण्डकी प्रदेशले सार्वजनिक बिदा घोषणा भने गरेन । गोर्खाका ४ वटा स्थानीय निकायमा भने बिदा दिइएको छ ।

    मुख्यमन्त्रीको सन्देशमा ‘१७७९ साल पुस २७ गते गण्डकी प्रदेशको गोर्खा जिल्लामा जन्मनुभएका पृथ्वीनारायण शाहप्रति गण्डकी प्रदेशले अझ गौरवान्वित महशुस गर्नु स्वभाविकै हो ।

    नेपालको गौरवशाली इतिहासको अत्यन्तै महत्वपूर्ण घटनाक्रमको रुपमा रहेको नेपाल एकीकरण अभियानका नायक पृथ्वीनारायण शाहको योेगदानको उच्च कदर गर्दै यस अवसरमा उहाँप्रति हार्दिक सम्मान प्रकट गर्दछु’, भनिएको छ । उनले अभियानमा सँगै रहेर योगदान पु¥याउनेहरुलाई पनि सम्झेका छन् । मुख्यमन्त्री गुरुङले

    पृथ्वीनारायण शाहले सुरु गरेको नेपाल एकीकरण अभियानको सफलताका कारण आज स्वाधीन, सार्वभौम र आधुनिक राष्ट्रका नागरिकको रुपमा विश्व मानचित्रमा परिचित हुन पाएको पनि जिकिर गरेका छन् ।

    सन्न्देशमा पृथ्वीनारायणले नेपालको भौगोलिक एकीकरण गरी भाषिक, जातीय, साँस्कृतिक लगायत अन्य विविधताकाबीच मजबुत एकताको आधार तयार गरेको उल्लेख गर्दै त्यही आधारमा टेकेर लोकतान्त्रिक गणतन्त्रतात्म राज्य व्यवस्थामा आइपुगेको समेत बताएका छन । उनले

    पृथ्वीनारायण शाहले शुरु गरेको भौगोलिक एकीकरणको जगमा उभिएर समाजवादतर्फ उन्मूख संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य व्यवस्थालाई सुदृढ पार्दै सामाजिक न्यायसहितको समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकांक्षालाई साकार पारिने पनि जनाएका छन् ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.