• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखरा महागनरपालिकाद्धारा पृथ्वीनारायण शाहको शालिकमा माल्यापर्ण

" इतिहासलाई भुल्न नहुनेमा जोड "
  •    शुभेच्छा न्यूज  /२८ पुष २०७६, सोमबार ०९:३३ ,  प्रकाशीत
  • पोखरा २६ पुस । आज २९८ औं पृथ्वीजयन्ती । पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवस राष्ट्र निर्माता पृथ्वीनरायण शाहको सम्झना गरि मनाइएको छ ।

    पोखरा महागनरपालिकाले पृथ्वीजयन्तीमा पृथ्वीनारायण शाहको शालिकमा मल्यापर्ण सहित उनको चर्चा गरेर मनाएको हो । पोखरा महानगपालिका वडा नम्वर १८ मा निर्माण गरेको सहिद तथा विभुती पार्कमा निर्माण गरेको पृथ्वीनारायण शाहको सालिकमा मल्यापर्ण गरेको हो ।

    महानगरले निर्माण गरेको पार्कमा नेपाल एकीकरणका सुत्रधार पृथ्वीनारायण शाहको ६ फिट ३ इन्चको अग्लो पूर्ण कदको सालिक राखिएको छ । पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसी, उपप्रमुख मञ्जुदेवी गुरुङ, वडा नम्वर १८ का अध्यक्ष रणबहादुर थापा, वडा नम्वर ७ का अध्यक्ष रामचन्द्र बराल, महानगरका प्रमख प्रशासकीय अधिकृत गंगालाल सुवेदी लगायतले शाहको सालिकमा माल्यपर्ण गरेका थिए ।

    पोखरा महानगरका प्रमुख जिसीले पृथ्वीनारायण शाहको योगदानको संस्मरण गदै इतिहास भुल्न नहुने बताए । उनले नेपालको एकिकरण अभियानमा शाहले खेलेको भुमिकाको प्रसंसा गदै देशका लागि विभिन्न क्षेत्रबाट योगदान पु¥याएका सहित र विभुतीको सम्मानमा राष्ट्रिय सहिद तथा विभूति पार्क निर्माणा गरिएको र त्यहाँ उनीहरुको सालिक राखिने बताए ।

    पोखरा महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङले इतिहासलाई सम्झदै राम्रा काम गर्नेहरुप्रति सम्मान गर्नुपर्नेमा जोड दिइन् । कार्यक्रमको सञ्चालन महानगरका प्रमुख प्रशासकीय अधिकृत गंगालाल सुवेदीले गरेका थिए ।

    अहिलेको नेपाल आजभन्दा ३ सय वर्षअघि २२ से अनि २४ से राज्यहरुमा विभाजित थियो । साना राज्यहरु मध्ये एक राज्य गोरखा थियो । जहाँ पृथ्वीनारायण शाहको जन्म भएको थियो । । विक्रम सम्वत १७७९ मा पिता राजा नरभूपाल शाह र माता कौशल्यावति देवीका प्रथम पुत्रको रुपमा शाहको जन्म भएको थियो ।

    उनले नेपाल एकीकरणको नेतृत्व गरेका थिए । सरकारले पृथ्वीजयन्ती एवं राष्ट्रिय एकता दिवसको रुपमा विगतमा विदा दिदै आएपनि पछिल्लो तीन वर्ष विदा कटौली गरिएको हो ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.