• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखराको जामुनबोटमा बनाइएको राष्ट्रिय विभूति तथा सहिद पार्कको व्यवस्थापन समिति गठन

"महानगरपालिकाका मेयर मानबहादुर जिसी र उपमेयर मञ्जुदेवी गुरुङ संरक्षक "
  •    शुभेच्छा न्यूज  /२९ पुष २०७६, मंगलवार ०७:४५ ,  प्रकाशीत
  • पोखरा महानगरपालिकाले जामुनबोटमा निर्माण गरेको राष्ट्रिय विभूति तथा सहिद पार्क व्यवस्थापनका लागि समिति गठन गरेको छ । पार्क ब्यवस्थापनकालागि वडानम्वर १८ का वडा अध्यक्ष रणबहादुर थापाको अध्यक्षतामा ११ सदस्यिय समिति गठन गरेको हो ।

    पार्क व्यवस्थापन समितिमा पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसी र उपमेयर मञ्जुदेवी गुरुङ संरक्षक छन् ।समितिको उपाध्यक्षमा स्थानीय समाजसेवी र महानगरबाट मनोनित गरी ३ जना छन् । स्थानीयबाट भरतबहादुर थापा र महानगरबाट नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामकृष्ण ज्ञवाली र चित्रराज बराल उपाध्यक्षमा मनोनित भए ।

    समितिको सदस्य सचिवको जिम्मेवारी मेयर जिसीका स्वकीय सचिव लक्ष्मण तिमिल्सिनाले पाएका छन् । समितिका सदस्यमा सन्तोष शर्मा, राधा तिमिल्सिना, प्रकाश लामिछाने, राजु पौडेल, गोपाल खड्का र भोजराज गौतम छन् ।

    पोखरा बजार क्षेत्रका विभिन्न स्थानहरुमा रहेका राष्ट्रिय बिभूती तथा ब्याक्तीत्वहरुका शालिकहरुलाई एउटै स्थानमा ब्यवस्थित गर्ने उदेस्यले महानगरपालिकाले निर्माण गरेको पार्कमा पृथ्वीनारायण शाहसहित केही सहिदका शालिक निर्माण भइसकेका छन् । यहाँ १ सय ८ राष्ट्रिय विभूति तथा सहिदका शालिक राख्ने योजना छ ।

    महानगरले पार्कसँगै रहेको खुला व्यायामशाला पनि व्यवस्थापन गर्ने जनाएको छ । यसको समेत तयारी भएको मेयरका स्वकीय सचिव लक्ष्मण तिमिल्सिनाले जानकारी दिए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.