• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

विकासका लागि सबैजनाको एकता आवश्यक ;सांसद पहारी

  •    शुभेच्छा न्यूज  /२९ पुष २०७६, मंगलवार १५:३७ ,  प्रकाशीत
  • ठूलाचौर पोखरा विकास समाजको तेश्रो वार्षिक साधारणसभा तथा रमाइलो बनभोज कार्यक्रम सम्पन्न भएको छ ।

    पोखरा महानगरपालिका वडा नं. ११ काहुँडाडामा आयोजित कार्यक्रममा गण्डकी प्रदेशका सांसद राजिव पहारीले गाउँको विकासका लागि सबैजनाको एकता आवश्यक रहेको उल्लेख गर्नुभयो । उहाँले विकासका आयोजनामा राजनिति भन्दा माथि उठेर योजनाबाट कसरी बढी समुदायलाई फाइदा हुन्छ भन्ने कुराको विश्लेषण गर्नुपर्ने उल्लेख गर्नुभयो ।

    उहाँले ठुलाचौरको विकासका लागि आफुले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले गाउँमा सडक, पानी र स्वास्थ्यको सेवालाई कसरी सहज र सरल बनाउन सकिन्छ भन्नेमा आफ्नो ध्यान रहेको बताउनुभयो ।

    कार्यक्रममा अन्नपुर्ण गाउँपालिकाका प्रमुख युवराज कुँवर, गाउँपालिकाका प्रशासकिय अधिकृत युवराज अधिकारी, डा. गिरिधारी दाहाल, प्राध्यापक कपिलमणी दाहाल, गणेश प्रसाद दाहाल, ऋषिराम दाहाल लगायले कर्मथलो पोखरा भएपनि आफ्नो जन्मभुमि ठूलाचौरको विकासका लागि एकजुटहुने प्रतिवद्धता व्यक्त गरे ।

    कार्यक्रममा गाउँको विकास र ठुलाचौर पोखरा विकास समाजलाई सहयोग गर्ने समाजका सदस्यहरु, सुर्य दाहाल, नारायण प्रसाद अधिकारी र राज दाहाललाई सम्मान गरिएको थियो ।

    कार्यक्रममा समाजका कोषाध्यक्ष महेन्द्रराज दाहालले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन, र सचिव मनोहरराज दाहालले प्रस्तुत गरेको सांगठनिक प्रतिवेदन सर्वसम्मतले पारित भएको छ ।

    कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठानका सचिव जिवन दाहाल र कलाकार राजाराम दाहालले कार्यक्रममा सांगितिक प्रस्तुती राख्नुभएको थियो ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.