• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

‘एक स्थानीय तह एक खेलमैदान : एक जिल्ला एक रंगशाला’

  •    सुभेक्षा न्युज  /१ माघ २०७६, बुधबार ०९:१९ ,  प्रकाशीत
  • युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन खेलमैदानको निरीक्षण गरेका छन् ।

    मन्त्रालयको दश लाखको सहयोगमा निर्माण भइरहेको खेलमैदानको निरीक्षण गर्दै मन्त्री विश्वकर्माले थप बजेट उपलब्ध गराउने प्रतिबद्धता जनाए ।

    खेल क्षेत्रको विकासका लागि सरकार प्रतिबद्ध रहेकाले निर्माणाधीन खेलमैदानलाई पर्याप्त बजेट विनियोजन गर्ने मन्त्री विश्वकर्माले बताए । सरकारले एक स्थानीय तह एक खेलमैदान र एक जिल्ला एक रंगशालाको नीति लिएको भन्दै मन्त्री विश्वकर्माले खेललाई नागरिकको स्वास्थ्यसँग जोडेर हेर्नुपर्ने बताए ।

    गत महिना सम्पन्न दक्षिण एशियाली खेलकूदमा नेपाली खेलाडीको प्रदर्शन उच्च रहेको भन्दै उनले अब गाउँगाउँबाट पनि सक्षम खेलाडी उत्पादन गर्नुपर्ने अहिलेको आवश्यकता रहेको औँल्याए ।

    तनहुँ सदरमुकाम दमौलीमा खेलमैदानको लागि पर्याप्त जग्गा नभएको हुँदा दमौलीको नजिकै रहेको सो मैदानलाई जिल्लास्तरीय रंगशाला बनाउने निर्णय हुन सके त्यसको पूर्वाधार निर्माणमा मन्त्रालयको तर्फबाट तत्कालै ५० लाख विनियोजन गर्ने मन्त्री विश्वकर्माले आश्वासन दिए ।

    खेलमैदान निर्माण समितिका अध्यक्ष मधु थापाले गत वर्ष विनियोजित दश लाखले मैदान सम्याउने लगायतका काम गरिएको जानकारी दिए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.