• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखरामा अब चाँडै हिमागृह र रत्न मन्दिर खुल्दैछ ; सांसद पहारी

  •    सुभेक्षा न्युज  /२ माघ २०७६, बिहीबार १५:४९ ,  प्रकाशीत
  • गण्डकी प्रदेश सांसद राजिव पहारीले रत्न मन्दिर भित्रै सांस्कृतिक कार्यक्रम प्रदर्शन गर्नुपर्ने बताएका छन् । रत्न मन्दिर र हिमागृह सर्वसाधारणका लागि खुल्ला गर्न तिव्र लविङ गरिरहेका सांसद पहारीले रत्न मन्दिर भित्रै सांस्कृतिक कार्यक्रम प्रदर्शन गर्नुपर्ने धारणा व्यक्त गरेका हुन् ।

    थारु समाज पोखराले माघी पर्वको अवसरमा विहीबार पोखरामा आयोजना गरेको ‘प्रथम माघी महोत्सव’को उद्घाटन कार्यक्रममा बोल्दै उनले भने,‘ पोखरामा अब चाँडै हिमागृह र रत्न मन्दिर खुल्दैछ,यो खुलेपछि रत्न मन्दिर परिसरमा सांस्कृतिक हल बनाएर त्यहिं कहिले थारु त कहिले मगर, गुरुङ, नेवारलगायतका जातिहरुको संस्कृति प्रदर्शन गर्नुपर्छ ।’ यसो गर्दा संस्कृतिपनि जोगिने र पर्यटकको बसाईपनि लम्बिने उनको भनाई छ ।

    संस्कृति देशको सम्पती भएकाले यसको संरक्षण राज्यले नै गर्नुपर्ने बताए । कला, संस्कृति संरक्षण गर्न नसक्ने हो भने देशको औचित्य नै नहुने उनको भनाई थियो । पर्यटक आकर्षित गर्न संस्कृतिको भूमिका महत्वपूर्ण हुन्छ,‘उनले भने,‘पर्यटक आगमनमा बृद्धि ल्याउन र पर्यटकको बसाई लम्ब्याउनपनि यसले भूमिका खेल्छ ।’

    सांसद पहारीले फेवाताल भौतिक, प्राकृतिक र मानवीय अतिक्रमणको चपेटामा परेको बताए । उनले भने,‘ताल सानो पोखरीमा परिणत हुँदैछ, अनि हिमाल काला पत्थरमा, पदमार्गहरु हिलाम्मे र धुलाम्मे हुँदैछ, त्यसैले यसको संरक्षणमा हामी सबै लाग्नुपर्छ ।’ फेवाताल संरक्षणका लागि सिल्टेसन ड्याम बनाउन शुरु भएको भन्दै यो सम्पन्न भएपछि फेवाताल पुरिन केहि हदसम्म रोकिने उनले दाबी गरे ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.