• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

कास्कीमा बैंकिङ कसुर र लागूऔषध बिक्राल बन्दै, महिना दिनमै १ सय ५३ मुद्धा

"लागूऔषध र बैकिङ कसुरसहितका १ सय ५३ मुद्धा दार्ता "
  •    नरहरि पौड्याल  /२ माघ २०७६, बिहीबार १६:२७ ,  प्रकाशीत
  • कास्कीमा पछिल्लो समय अपराधिक घटनासंगै लागूऔषधका घट्नामा बढ्न थालेका छन । जिल्ला प्रहरी कार्यालय कास्कीमा पौष महिनामा लागूऔषध र बैकिङ कसुरसहितका १ सय ५३ मुद्धा दार्ता भएका छन् ।

    जिल्ला प्रहरी कार्यलय कास्कीका प्रमुख एवं प्रहरी उपरीक्षक दानबहादुर कार्कीले पौष महिनामा विभिन्न अपराधिक घट्नका १ सय ५३ मुद्धा दर्ता भएको बताए । उनका अनुसार सार्वजनीक हित, स्वास्थ्य, सुरक्षा र नैतिकता बिरुद्धको कसुर अन्तर्गत सवैभन्दा बढी ४७ वटा मुद्धा दर्ता भएका छन् ।

    प्रहरीले चालू आर्थिक वर्षमा सबैभन्दा धेरै भदौ महिनामा ३८ जनालाई लागूऔषधसहित पक्राउ गरेको छ । यस्तै कार्तिक महिनामा १४ जनालाई नियन्त्रणमा लिइएकोमा असोज र मंसिरमा १३ । १३ जनालाई नियन्त्रणमा लिएको छ ।

    प्रदेशको राजधानीसँगै लागूऔषध प्रयोगकताको संख्या बढी भएका कारण कास्कीबाट लागूऔषध कारोबारी धेरै समातिने गरेको जिल्ल प्रहरी कार्यलय कास्कीको प्रबक्ता एवं डिएसपी राजकुमार केसी बताउँछन् । ‘पोखरामा बाहिरबाट कारोबारी आउँछन, विदेशी पनि आउँछन् । त्यसमाथि यहाँ लागूऔषध प्रयोगकताको संख्या धेरै छ’ प्रवक्ता केसी भन्छन । ‘अभिभावकले आफ्ना बालबच्चालाई समय नदिनु पनि लागूऔषध प्रयोगकर्ता बढ्नुको कारण हो ।’

    एक महिनामा एक सय ५३ मुद्धा दर्ता
    जिल्ला प्रहरी कार्यालय कास्कीमा एक महिनामा एक सय ५३ मुद्धा दर्ता भएका छन् । पुष महिनामा एक सय ५३ मुद्धा दर्ता भएको डिएसपी केसीले बताए । पुष महिनामा सबैभन्दा धेरै सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा तथा नैतिकता विरुद्धको कसुरमा ४७ मुद्धा दर्ता भएका छन् ।

    यस्तै बैंकिङ कसुरका १७, जबरजस्ती करणीका ७, ठगीसम्बन्धी ५ र चोरीका ६ मुद्धा दर्ता भएका हुन्। यसबाहेक झुण्डीएर आत्महत्या गर्ने ११, जुवामा ४ र बहु–विवाहमा ३ मुद्धा दर्ता भएका छन् । प्रहरीले पुष महिनाभर चोरीका घटनामा संलग्न ८ जनालाई पक्राउ गरेको छ ।

    बैंकिङ कसुरसम्बन्धी ३२ मुद्धा
    कास्कीमा चालू आर्थिक वर्षको ६ महिनामा बैंकिङ कसुरसम्बन्धी ३२ मुद्धा दर्ता भएका छन् । डिएसपी केसीले पुष मसान्तसम्म ३२ मुद्धा दर्ता भएको जानकारी दिए । उनले यी मुद्धामा प्रहरीले अहिलेसम्म २२ जनालाई पक्राउ गरेको बताए ।

    अन्य १० जना भने फरार छन् । २२ वटा मुद्धामा २ करोड ४५ लाख ३२ हजार ५ सय बिगो दाबी गरिएको छ । कतिपय कारोबारी थाहै नपाई बैंकिङ कसुरमा फस्ने गरेको डिएसपी केसीले बताए। उनकाअनुसार पक्राउ परेका कतिले प्रहरीलाई बयान दिँदा आफूलाई बैंकिङ कसुर बारे कुनै जानकारी नभएको प्रतिक्रिया दिने गरेका छन् ।‘कतिले पक्राउ परेपछि मात्र आफूलाई यस विषयमा थाहा भएको प्रतिक्रया दिने गरेका छन’ डिएसपी केसीले भने ।‘मुद्धा दर्ता भएर पक्राउ परेपछि कतिले पैसा फिर्ता गर्छन् । तर मुद्धा दर्ता भैसकेपछि त्यसलाई किनारा लगाउन गाह्रो हुन्छ ।’

    खातामा पैसा नभई चेक दिनेलाई पनि कार्वाही
    वैंकको आफ्नो खातामा पैसा (ब्यालेन्स) नभई कसैलाई चेक दिने खातावालालाई प्रहरीले कानुनी कारबाही शुरु गरेको छ । पीडितले उजुरी दिएको आधारमा कास्की प्रहरीले खातामा पैसा नभई चेक दिनेलाई नियन्त्रणमा लिएर कानुनी कार्वाही प्रक्रिया अघि बढाएको हो ।

    खातामा पैसा नभई चेक दिनेलाई कानुन अनुसार उसले तिर्नुपर्ने रकम तिर्न लगाउने र ठगी मुद्धापनि चलाउन थालेको कास्कीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक दानबहादुर कार्कीले बताए । ‘हामीलाई उजुरी आइसकेपछि खातामा पैसा नभई चेक दिनेलाई नियन्त्रणमा लिन्छौं,‘उनले भने। ‘त्यसपछि पैसा असुल गराउँछौं र थप कार्वाहीका लागि मुद्धापनि चलाउँछौं ।’

    कास्की प्रहरीमा अहीले आफ्नो खातामा पैसा नभई चेक दिने ३२ जनाबिरुद्ध उजुरी परेको छ । त्यसमध्ये प्रहरीले १० जनालाई नियन्त्रणमा लिएर कानुनी कार्वाहीको प्रक्रिया अघि बढाएको छ । थप २२ जनाको भने खोजी भइरहेको प्रहरीले जनाएको छ।

    बैंकिङ कसुर तथा सजाए ऐन, २०६४ को दफा ३ (ग) ले आफ्नो खातामा पैसा नभई चेक काट्न नहुने भनी उल्लेख गरेको छ । यदि त्यस्तो गरेको पाइएमा बैंकिङ कसुरअनुसार सोहि दफाको १५ (१) मा बिगो बराबर जरिवाना र ३ महिना कैद हुने उल्लेख छ ।

    खातामा पैसा नभएको चेक नदिन आग्रह
    कास्की प्रहरीले खातामा पैसा नभएको अवस्थामा चेक नदिन आग्रह गरेको छ । खातामा पैसा नभई चेक दिनु गैरकानुनी कार्य हो,‘कास्कीका प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले भने,‘यस्तो कार्य कसैलाई पनि गर्नु हुँदैन, गरेमा कार्वाही हुन्छ ।’

    नेपालको कानुनले खातामा पैसा नभई चेक दिनुलाई गैरकानुनी भनेको र त्यस्तोलाई नियन्त्रणमा लिएर कार्वाही गर्न भनेकाले उजुरी पर्नेबिरुद्ध कार्वाही प्रक्रिया अघि बढाइएको उनले स्पष्ट पारे ।

    नाबालकनै चोरीमा
    कास्की प्रहरीले मोटरसाइकल चोरी गर्ने १७ वर्षिय युवकलाईपनि पक्राउ गरेको जनाएको छ । नेपालको कानुनले १८ वर्ष भन्दा कम उमेरकालाई नाबालक भनेर परिभाषित गरेकाले उनको पहिचान भने गोप्य राखेको छ । पक्राउ परेका ति युवकले ५ वटा मोटरसाइकल चोरेर थुपारेको र बेच्नका लागि ग्राहक खोज्ने क्रमा पक्राउ गरेको कास्कीका प्रहरी प्रवक्ता राजकुमार केसीले जानकारी दिए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.