भेट्रान एट–ए–साइड अन्तर्रा्ष्ट्रिय फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा
तपाईको प्रतिक्रिया





पोखराको प्रतिष्ठित सामाजिक संस्था बगर भाईखलकले यहि माघ ६ देखि ११ गते सम्मपोखरा स्थित पुरानो टुँडीखेल मैदानमाआयोजनागर्ने “तेश्रो स्व. रन्जित गुरुङ स्मृतीतथानवौं बगर भाइखलक भेट्रान एट–ए–साइड अन्तर्रा्ष्ट्रिय फुटबल प्रतियोगिता”को सम्पूर्ण तयारी पुरा भएको छ ।
“स्वास्थकालागि एक घण्टा व्यायाम, नागरिकहरुकालागीनौलो आयाम”भन्ने मूलनारालाई आत्मसातगर्दै संस्थाले विगत २०६८ साल देखि ४० बर्ष देखि ६५ बर्षको उमेर समुहकापाका खेलाडीहरु समेटेर भेट्रान फुटवल प्रतियोगीतामाआयोजनागर्दै आइरहेको छ । नवौं संस्करणमा दुई विदेशी टिम सहित काठमाण्डौं, विरगन्ज, हेटौढा, चितवन, वुटवल, कैलालीलगायत स्थानिय टिम गरी करिब २८ टिम भिड्ने अध्यक्ष गुरुङले बताएका छन । स्मरण रहोस् आठौं संस्करणको प्रतियोगीतामा ए.वि.सी., पोखराको टिम विजेता रहेको थियो ।
प्रतियोगितामा यस पटक बाट पुरुस्कार राशीमा १० हजार वृद्धी गरिएको अध्यक्ष गुरुङले बताएका छन । प्रतियोगिताको विजेता टिमले प्रथम पुरस्कार विजेताले नगद रु. १ लाख ११हजार रनिङ्ग शिल्ड, पदक र प्रमाणपत्र, उपविजेताले नगद रु. ५५ हजार ५ सय ५५ ट्रफी, पदक र प्रमाणपत्र प्राप्तगर्नेछ । त्यसै गरी यस वर्ष देखि सेमीफाइनलप्रवेश गर्ने प्रत्येक टिमलाई नगद रु. १० हजार प्रोत्साहन स्वरुपप्रदानगर्ने संस्थाले जनाएको छ ।
त्यस्तै उत्कृष्ट गोलकिप्पर, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट फरवार्ड हुने खेलाडीलाई ट्रफी सहितजनहीनगद रु. ५ हजार प्रदानगरिदेछ साथै सर्वोत्कृष्ट खेलाडीलाई ट्रफी सहितनगद रु. १० हजार दिइने छ । त्यस्तै अनुशासित टिम, प्रतियोगितामा सहभागी सवै भन्दा जेष्ठ खेलाडीलाई सम्मानएवं हरेक खेलकाम्यानअफदिम्याचलाई बिशेष पुरस्कार प्रदानगरिने आयोजकले जनाएको छ ।
प्रतियोगिताको उद्घाटन समारोहमापूर्व अन्तर्रा्ष्ट्रिय खेलाड तथाप्रशिक्षक खड्क बहादुर रानाभाटलाई ताम्रपत्रएवं दोसल्ला सहित सम्मानगरिने बगर भाई खलकले जनाएको छ । पाका र यूवा पुस्ताबिच खेलाडीहरुको सम्वन्धलाई विस्तार संगै खेलबाट नयां पिढीलाई खेलकूद प्रति अभिरुची जगाउन प्रतियोगिताले अहमभूमिका खेलेको अध्यक्ष गुरुङले बताए ।
उनले भने–“हामी भविष्यमा खेलाडी उत्पादन गर्ने लक्ष्यका साथ प्रतियोगीताको माध्यमबाट विगतमा संगै खेलेका पूर्व खेलाडीहरुको विचको सम्वन्धन विकरण होस भन्ने चाहन्छौ ।”
प्रतियोगिता सम्पन्नगर्न १४ लाख ५० हजार खर्च लाग्ने र १७लाखआम्दानीगरिने लक्ष्य रहेको संस्थाले जनाएको छ ।
स्व. रन्जित गुरुङका परिवार राजु गुरुङ्ग र विमलागुरुङ्ग, पदमराजगुरुङ्ग र सीतागुरुङ्ग, छोरी ज्वाइहरु मन्जु गुरुङ्ग र मेजर खुसीमानगुरुङ्ग (एम.भि.ओ) र जुलीगुरुङ्गथापा र राजु थापाले शंयूक्त रुपमाप्रतियोगितालाई मुख्यप्रायोजन गर्दै आएका छन ।
यसै गरी प्रतियोगितालाई वगर भाइखलक युकेले सह–प्रायोजन गर्ने भएको छ । वगर भाइखलक युकेबाट प्रतियोगिताकालागिआकर्षक र स्तरिय मेडल र ट्रफीहरु सौजन्य स्वरुपरुपमा पठाउने छ ।
Related