एमसिसीको विरोधमा उत्रिएकालाइ सरकारले थाल्यो धडपकड तीनजना पक्राउ
सुभेक्षा न्युज /३ माघ २०७६, शुक्रबार ११:०९ , प्रकाशीत
अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) को विरोध गरेको भन्दै भोजपुरबाट प्रहरीले तीनजनालाई पक्राउ गरेको छ।
एमसिसीको विरोध गरेको आरोपमा भोजपुर नगरपालिका देउराली निवासी भीम इशारा राई र विदुर राईसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको हो।
उनीहरुलाई बिहीबार भोजपुरको देउराली चोकबाट प्रहरीले गिरफ्तार गर्न खोजेको थियो। स्थानीयले प्रतिकार गरेपछि फर्किएको प्रहरीले उनीहरुलाई बिहीबारै राति उनलाई आफ्नो घरमै सुतिरहेको अवस्थामा पक्राउ गरेको हो।
स्थानीयले डिएसपी नरबहादुर सलामी मगरलाई शान्तिपूर्ण प्रदर्शन गर्न दिन अपिल गरेका थिए। तर उनले एमसिसीको विरोधमा उत्रिनेलाई थुन्नै पर्ने भन्दै प्रहरी खटाएका थिए। स्थानीय सञ्चारकर्मी राजन सामपाङका अनुसार राईले देउराली चोकमा नो एमसिसी लेखिएको ब्यानर नै टाँगेका थिए।
उनले सामाजिक सञ्जालमा पनि एमसिसीको विरोध जनाइरहेका बेला पक्राउ परेका हुन्। आन्दोलनमा उत्रिएकाले प्रहरी प्रसाशनले ज्यादति गरेको प्रतिक्रिया दिएका छन्।

Related