अन्नपूर्ण आधार शिबिरमा अलपत्र परेका १ सय भन्दा बढीको उद्धार
शुभेच्छा न्यूज /४ माघ २०७६, शनिबार १९:२५ , प्रकाशीत
अन्नपूर्ण आधार शिविर जाने क्रममा हिमपहिरोमा परेका नेपाली र चिनिया पर्यटकहरु अझै सम्पर्कमा आएका छैन् ।
अन्नपूर्ण गाउँपालिकामा पर्ने हिमालय र देउरालीको बिचमा रहेको हिंकु भन्ने ठाँउमा शुक्रबार हिमपहिरोमा परेर ४ कोरियनसहित २ नेपाली वेपत्ता भएका थिए।
शनिबार बिहान देखि हराइरहेकाहरुको खोजीकार्य तीब्र पारिए पनि भेटाउन नसकिएको प्रहरीले जनाएको छ । अत्याधिक हिमपात भएपछि बिचल्लीमा परेका करिब १ सय जना पर्यटक,गाइड र पोर्टरहरुको शनिवार हेलिकप्टर मार्फत उद्दार गरिएको जिल्ला प्रहरी कार्यलय कास्कीका डिएसपी एवं प्रबक्ता राजकुमार केसीले बताए ।
हेलीकोप्टर मार्फत उद्धार गरेकाहरुलाई अन्नपुर्ण वेसक्याम्पदेखि पोखरा ल्याईएको हो ।बाटोमा अलपत्र परेकाहरुको उद्दारका लागि प्रहरी अन्नपुर्ण आधार शिविर पुगिसकेको प्रवक्ता केसीले बताए।
उनका अनुसार छुम्रुङबाट प्रहरी निरिक्षकको नेतृत्वसहितको टोली रहेको र घान्द्रुकबाट समेत प्रहरी टोली घटनास्थल वेसक्याम्प तर्फ गएको छ । खोजी र उद्धारका लागि घट्ना स्थलतर्फ स्थलमार्गबाट गएको टोली अझै सम्म पुगीसकेको छैन् ।
काठमाडौंको नेपाल गाइड ट्रेक कम्पनिबाट ९ जना कोरियन पर्यटक एबिसीको पदयात्रामा गएका थिए । उनीहरु संग १७ जना नेपाली सहयोगीका रुपमा गएका थिए । उनीहरु शुक्रबार एबिसी पुग्ने तालिका थियो। तर मौसम प्रतिकुल मौसमका कारण एबिसी पुग्न नसकेपछि देउरालीबाट फर्किँदा हिमपहिरोमा परेका हुन्।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का छोमरोङस्थित चेकपोष्टका प्रमुख नेत्र शर्माका अनुसार हिमपहिरोमा हराएका पर्यटक र नेपाली गाइडको खोजीका लागि स्थानीय र केही व्यावसायी घटनास्थलतर्फ लागेका छन्।
विभिन्न तीनवटा कम्पनीका हेलिकोप्टरले शनिबार आधारशिविर क्षेत्रमा रोकिएका पर्यटकलाई छोमरोङ र पोखरा झार्ने काम गरेका थिए।बाक्लो हिमपातले एमबिसीमा रोकिएका सबै पर्यटकलाई हेलिकोप्टरबाट छोमरोङ ल्याउने क्रम चलिरहेको शर्माले बताए।

Related