• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

मनाङको थोरङ्गला पास हिडेका ४ चिनिया पर्यटक सम्पर्कबिहीन

"साता बित्दा समेत उनीहरु थोरङ्गला पास नपुगेपछी खोजि "
  •    शुभेच्छा न्यूज  /४ माघ २०७६, शनिबार १९:३६ ,  प्रकाशीत
  • लमजुङ हुदै अन्नपूर्ण पदमार्ग अन्तर्गतको थोराङला पास गएका चार चिनियाँ पर्यटक सम्पर्कबिहीन भएका छन् । सम्पकबिहीन हुनेहरुमा २ जना पुरुष र २ जना महिला रहेका छन्।

    विश्वकै उत्कृष्ट पदयात्रामा पर्ने थोराङला पासका लागि गत पुष २७ गते मनाङको निस्याङ गाउँपालिका ९ स्थित रहेको एक्यापको कार्यालयबाट छुटेका उनीहरु सम्पर्कबिहीन भएका हुन् ।

    एक साता बित्दा समेत उनीहरु थोरङ्गला पास नपुगेको खबर प्राप्त भएपछी प्रहरी टोली खटाएर खोजिकार्य लाई तीब्र पारिएको प्रहरीले जनाएको छ ।

    गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को मनाङ निस्याङ गाउँपालिकामा रहेको कार्यालयलाई उदृत गर्दै थोराङला पास गएका ४ चिनियाँ पर्यटक सम्पकविहीन भएको जनाइको छ ।

    बिहीबार र शुक्रबार अत्यधिक हिउँ परेपछि विश्वकै चर्चित अन्नपूर्ण बेस्क्याम्प पुगेका चार कोरियन पर्यटक र एक नेपाली समेत हराएका छन्। अहिले उनीहरुको खोजी कार्य जारी छ।

    थोराङला पास गएका चिनिया पर्यटकहरुमा हृवाङ यिविन, क्याटसियु टिङ र मा क्आिन्ली र अन्वद झाड रहेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी उपरीक्षक दीपक रेग्मी बताए ।

    घटनाबारे थाहा पाउनसाथ हुम्दे प्रहरी चौकीबाट प्रहरी खटाइएको रेग्मीले बताएका छन् ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.