"ग्राण्ड फिनालेमा १६ प्रतिस्पर्धीलाई पछि पार्दै शशिकलाले ताज पहिरिन "
शुभेच्छा न्यूज /५ माघ २०७६, आईतवार २०:३५ , प्रकाशीत
पाँचौ संस्करणको मिस तामाङ पोखराको उपाधी लेकसाइडकी शशिकला तामाङले जितेकी छिन् । शनिबार पोखरा सभागृहमा भएको ग्राण्ड फिनालेमा १६ प्रतिस्पर्धीलाई पछि पार्दै शशिकलाले ताज पहिरिन सफल भएकी हुन् । उनले मिस ट्यालेण्टको टाइटल पनि जितिन ।
जितसंगै उनले रु १ लाख नगद, ताज, ट्रफी, प्रमाणपत्र सहित म्युजिक भिडियोको अवसर तथा आकर्षक गिफ्ट ह्याम्परहरु प्राप्त गरिन । प्रमुख निर्णायक नेपाल वायु सेवा निगमका क्याप्टेन विजय लामाले तामाङ समुदायको विकासका लागि के योगदान दिनुहुन्छ ? भन्ने प्रश्नको उत्कृष्ट जवाफ दिदै अन्य प्रतियोगीलाई पछि पारेकी हुन् ।
सलिना तामाङले फस्र्ट रनरअपसंगै बेस्ट वाकको टाइटल जितिन । उनले नगद ५० हजार रुपैयाँ, ताज, ट्रफी, प्रमाणपत्र प्राप्त गरिन । यस्तै बेस्ट पर्फमरको टाइटल जितेकी रेनु तामाङ सेकेण्ड रनरअप बनिन् । उनले नगद ३० हजार रुपैयाँ सहित ताज, ट्रफी, प्रमाणपत्र सहित हात पारिन । ब्युटी विथ प्रपोज सहित भ्यवर्स च्वाइस अवार्ड जितेकी प्रिती वाइवा तामाङ्गले नगद २० हजार पुरस्कार समेत प्राप्त गरिन ।
मञ्जुश्री संवत २८५६ सोनाम ल्होसारको अवसरमा आयोजना गरिएको ल्होसार म्युजिक फेस्टिभल तथा पाँचौ संस्करणको मिस तामाङ पोखराको उद्घाटन गर्दै पुर्व कानुन मन्त्री शेरबहादुर ताामाङ्गले भाषा र भेष, संस्कार र संस्कृति रहे मात्रै पहिचान रहने बताए ।
कार्यक्रमका निर्णायकहरुमा नेपाल वायु सेवा निगमका क्याप्टेन विजय लामा, वरिष्ठ सौन्दर्यविद चिनु गुरुङ्ग, गीतकार तीर्थ तामाङ्ग, मोडेल तथा कोरियोग्राफर विशाल गुरुङ्ग, सुर्विन वान्तवा राई रहेका थिए । कार्यक्रमको सञ्चालन संयोजक कविता योञ्जन, सुमन ढुंगाना, निमा लामा, डोल्मा लामाले गरेका थिए ।
सन् २०१६ देखि शुरु भएको मिस तामाङ पोखराको पहिलो संस्करणमा निमा लामा, दोस्रो संस्करण २०१७ मा दिप्ती गोम्जा, तेस्रो संस्करण २०१८ मा कविता योञ्जन र चौथो संस्करण २०१९ मा कुशुम स्याङवो तामाङले ताज पहिरिन सफल भएकी थिइन् ।
कार्यक्रमबाट बचत रकम रिन्छिङ तोजेर्त तामाङ शान्ति गुम्बा सहयोगार्थ खर्च गरिने आयोजकले जनाएको छ ।

प्रतियोगितामा बेस्ट हेयर अनिशा तामाङ्ग, बेस्ट स्माइल विन्दु तामाङ्ग, मिस फोटोजेनिक किस्मत तामाङ्ग, बेस्ट स्किन सरस्वती तामाङ्ग, मिस कल्चर कोमल तामाङ्ग, मिस डिसिप्लिन सृजना ब्लोन तामाङ्ग, मिस ग्रेसफुल सुजाता तामाङ्ग, बेस्ट पर्सनालिटी सृजना घिसिङ्ग तामाङ्ग, मिस कन्फिडेण्ट आकृति तामाङ्ग, मिस पङ्गचुअल भुमिका तामाङ्ग, मिस पपुलर मनिषा तामाङ्ग, मिस अर्गनाइजर च्वाइस सुमिक्षा तामाङ्ग र मिस फ्रेण्डली स्वस्तिका तामाङ्ग बनिन् ।

Related