पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल देशकै गौरवको आयोजना ; सभापति कोइराला
"विमानस्थलको कारण कोही पनि घरबार विहिन हुनहुन्न "
तपाईको प्रतिक्रिया





पोखरामा निर्माणधिन पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थलको कारण कोही पनि घरबार र जग्गा सिंचाई विहिन हुन नहुने सांसद दीपक कोइरालाले बताएका छन् ।
गण्डकी प्रदेश सभाको पाँचौ अधिवेशनको तेस्रो बैठकको विशेष समयमा बोल्दै कोइरालाले पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल देशकै गौरवको आयोजना भएको तर यस आयोजनाबाट स्थानीयहरु विस्थापित हुने अबस्थालाई पनि सरकारले विशेष ख्याल गर्नुपर्ने बताए ।
विमानस्थलकै कारण त्यस क्षेत्रमा ६ हजार रोपनी खेती योग्य जग्गामा सिंचाई अनिश्चित भएकोले सभामुख मार्फत प्रदेश सरकारको ध्यान आर्कषर्ण गराए ।
कोइरालाले विमानस्थलको लागि जग्गा आबश्यक भए अधिकरण गर्नु तर मुआब्जा दिदा अन्य ठाउँमा जग्गा सहित घर बनाउन पुग्ने मुआब्जा दिनुपर्ने बताउनु भयो । त्यहाँ दिएको मुआब्जाले कमसे कम छिमेकमै किन्न पुग्ने मुआब्जा आबश्यक हुने उनको भनाई थियो ।
Related