पोखरा अमरसिंहचौरमा जारी,महोत्सवमा डकुमेन्ट्रीमा दर्शकको आकर्षण
सुभेक्षा न्युज /५ माघ २०७६, आईतवार २१:२६ , प्रकाशीत
पोखराको अमरसिंह चौरमा जारी पोखरा महोत्सव छैटौं दिन सम्म आइपुग्दा दर्शकको साथ पाउदै गएको छ । आगामी माघको १२ गतेसम्म सञ्चालन हुने दशौ संस्करणको पोखरा महोत्सव छैटौं दिनमा जारी रहदा दर्शकको उल्लेख्य मात्रामा सहभागीता जनाएका छन् ।
महोत्सवमा रमाइलोसंगै शिक्षाको बारेमा जानकारी दिने उद्देश्यले निर्माण गरिएको कखरा नामक वृत्तचित्र हेर्न महोत्सवमा विद्यार्थी, शिक्षक र अभिभावकहरु आउने गरेका छन् ।
सत्य, तथ्य र अनुसन्धानात्मक डकुमेन्ट्री कखरामा राम्रो शिक्षाका लागी विद्यालय, विद्यार्थी, शिक्षक र अभिभावकको भुमिका कस्तो हुनुपर्छ, अभिभावकले लापरवाही र विद्यालयका कर्मचारीको लापरवाहीका कारण विद्यार्थीले भोग्नुपर्ने समस्याको बारेमा समावेश गरिएकाले डकुमेन्ट्रीले अभिभावक र विद्यार्थीको मन जित्न सफल भएको डकुमेन्ट्रीका निर्माता बिनोद लामाले वताए ।
एक्स्ट्रा एङ्गल गर्बु फिल्म्स प्रा.लि. काठमाण्डौको ब्यानरमा निर्मित कखरा डकुमेन्ट्रीमा नेपाली रङ्गमन्च क्षेत्रमा ख्यातिप्राप्त कलाकारहरु राजेश हमाल, भुपेन चन्द, गजित विष्ट, सौजन्य सुब्बा, संचारकर्मी श्रीकृष्ण न्यौपाने लगायतका कलाकारहरु छन/
मुख्य कलाकारमा गिनिजबुकमा सवैभन्दा कलिलो उमेरको निर्देशक भनेर नाम लेखाउन सफल ८ वर्षिय बालक सौगात विष्टको समेत अभिनय रहेको छ ।
महोत्सवमा आइतबार चर्चित लोकदोहोरी गायक पुरुषोत्तम न्यौपाने सविना गुरुङ, शान्ती डोटेल लगायतको पछिल्लो समय सानो उमेरमा दोहोरी गायर भाइरल बनेकी ममता कुमाल र कृष्ण सुवेदीको दोहोरी मार्फत दर्शकले भरपुर मनोरन्जन लिएका थिए ।
महोत्सवको सातौ दिन सोमबार लोकदोहोरी तर्फ चर्चित लोकदोहोरी गायक रामजी खांड, जीवन दाहाल, टेक क्षेत्री, कृष्ण अखेली, पार्वती जिसी, ज्योति लोहोनी, केशव देवकोटा, सरस्वती लामिछाने लगायतको प्रस्तुती रहनेछभने हास्यब्यङ्ग्य तर्फ दीपक थापाको प्रस्तुती रहने छ ।

सांझको पप कन्सर्र्टमा युवाहरुको ढुकढुकी आशिष राना लाहुरे संगै स्थानिय ब्ल्याक रोजको प्रस्तुतीमा युवाहरुले भरपुर मनोरन्जन लिएका थिए ।

Related