• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

गण्डकी प्रदेशको पर्यटन र उर्जामा गैरआवासीय नेपाली संघले लगानी गर्ने

"पर्यटन र उर्जामा एनआरएनले लगानी गर्न तयार  "
  •    शुभेच्छा न्यूज  /६ माघ २०७६, सोमबार २०:५९ ,  प्रकाशीत
  • गण्डकी प्रदेशको आर्थिक विकास र समृद्धिका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए) ले पर्यटनसहित उर्जामा लगानी गर्न तयार भएको छ ।

    गण्डकी प्रदेशमा आर्थिक विकास र समृद्धि हासिल गर्न उपयुक्त वातावरण भएमा पर्यटन र उर्जामा एनआरएनले लगानी गर्न तयार भएको सोमवार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।

    एनआरएनएका अध्यक्ष कुमार पन्तले हामीले आफ्नो देशमा लगानी नगरी विदेशीले कसरी लगानी गर्न प्रोत्साहित हुन्छ भन्दै त्यसकोे लागि पनि पहिला हाम्रो लगानी आवश्यक हुने बताए ।

    प्रदेश सरकारसँग जलश्रोत र पर्यटनका केही योजनामा सम्झौता गरी अघि बढ्ने योजना रहेको अध्यक्ष पन्तले बताए । गैर आवसीय नेपालीले नेपालमा लगानी गर्नुपर्छ भन्ने मान्यताले हाल आफुहरुले विभिन्न क्षेत्रमा लगानी गर्दै आएको उनले बताए ।

    एनआरएन अन्तर्राष्ट्रिय समन्वय परिषद्को बैठक यही माघ ४ र ५ गते कास्कीको रुपाकोटमा सम्पन्न भएसँगै सोमबार गण्डकी प्रदेशमा लगानी प्रबर्द्धन गर्ने सम्बन्धमा प्रदेश सरकार र गैरआवासीय नेपाल संघबीच अन्तरक्रिया कार्यक्रममा समेत एनआरएनको टोली सहभागि भएको थियो ।

    उक्त बैठकले गरेको निर्णय सार्वजनिक गर्दै अध्यक्ष पन्तले नेपाल भ्रमण बर्ष २०२० लाई सफल पार्न सक्रिय रुपमा लाग्ने बताए । संघका राष्ट्रिय र अन्तर्राष्ट्रिय समन्वय परिषद्को वार्षिक कार्यक्रमको रणनीतिक योजना आगामी एक महिनाभित्र सार्वजनिक गरिने उनले जनाए ।

    अध्यक्ष पन्तले अब हिउँ पग्लेको ३ हप्ताभित्र भूकम्प प्रभावित गोरखाको लाप्राकमा हाल निर्माण हुँदै गरेको नमूना वस्तीको घर सहितको शौचालय समुदायमा हस्तान्तरण गर्ने बताएका छन् ।

    एनआरएनका निवर्तमान अध्यक्ष भवन भट्टको पालामा करिब ६० करोडको लागतमा सुरु भएको उक्त प्रोेजेक्टमा हाल ५ सय ७३ घर निर्माण कार्य सम्पन्न भएको अध्यक्ष पन्तले जनाए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.