शुभेच्छा न्यूज /६ माघ २०७६, सोमबार १०:११ , प्रकाशीत
मोरङको उत्तरपूर्वी क्षेत्रमा रहेको मिक्लाजुङ गाउँपालिकामा अज्ञात समूहले बम बिस्फोट गराएका छन्।
आइतबार राति गाँउपालिकाको रमितेमा सडक निर्माणका लागि राखिएका तीनवटा स्काभेटरमा बम बिस्फोट अज्ञात समूहले बिस्फोट गराएको मिक्लाजुङ गाउँपालिका वडा नम्बर १ का अध्यक्ष नरबहादुर राईले बताए।
राति करिब ९ बजेको समय उर्लाबारीको किसानचोक–रमिते सडक निर्माणका लागि सडक छेउमा राखिएको स्काभेटरमा बिस्फोट भएको राईले जानकारी दिए। सो बिस्फोटको हालसम्म कसैले जिम्मेवारी लिएका छैनन् ।
यद्यपि भूमिगत नेत्रविक्रम चन्द विप्लव समूहको नेकपाले बिस्फोट गराएको आशंका गरिएको छ।

Related