• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

कस्तो होला तपाईको भाग्य ? हेर्नुस् राशीफल (भिडियो सहित)

  •    शुभेच्छा न्यूज  /८ माघ २०७६, बुधबार ०७:३३ ,  प्रकाशीत
  • ज्योतिषी हरि पन्त

    आजको पञ्चांग
    आज मिति २०७६ माघ ८ गते बुधबार, इस्वीसंवत जनवरी २२ तारिक सन् २०२०, श्री शालीबाहनीय शाके १९४१, नेपाल संवत् ११४०, परिधावीनामः संवत्सरः, सूर्य पृथ्वीको उत्तरी गोलार्द्धमा छन् । शिशिर ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार माघकृष्णपक्ष चलिरहेको छ ।

    सौरमान अनुसार आज माघकृष्णपक्षको द्वादशी तिथि अहोरात्र रहनेछ । आज मूल नक्षत्र, विष्कुम्भादि योगमा व्याघात, करणमा वणिज रहनेछ भने आनन्दादि योगमा ध्यज रहनेछ ।
    सूर्य मकर राशिमा, चन्द्रमा धनु राशिमा अहोरात्र रहनेछ ।

    आज दिनमान २६ घटि ३४ पलाको रहनेछ । आज सूर्योदय नेपालको काठमाडौं केन्द्रबिन्दुमा रहि बिहान ठीक ६ बजेर ५७ मिनेटमा तुरुदेव मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझ ठीक ५ बजेर ३४ मिनेटमा हुनेछ ।

    आजको राशिफल

    मेष : मेष राशि भएकाहरूका आज समय खराब छ । धेरै बोल्दा समस्या आउन सक्छ । केही विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला । अरूको भरपर्दा काम प्रभावकारी नहुन सक्छ । परिबन्धले समस्या निम्त्याउने देखिएकाले आफ्ना योजना गोप्य राखेर अघि बढ्नुहोला । हिसाबकिताबमा पनि विवाद आउन सक्छ । आलोचकहरूलाई व्यवहारले समेट्ने प्रयास गर्नुहोला। सानोतिनो समस्या आए पनि नियमित काम बन्नेछ । शुभअंक : १ र ११, शुभरंग : रातो, स्वामीराशि : मंगल ग्रह

    वृष : वृष राशि भएकाहरूका लागि आज पनि समय शुभ छैन । अवसर प्राप्त भए पनि परिस्थितिवश काममा अलमल हुनेछ । बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त होला । कमीकमजोरी सुधार्ने मौका आए पनि बेसुरको निर्णयले समस्यामा पुर्याउनेछ । आफ्ना कमजोरी बाहिरिने समय भएकाले गोपनीयतामा ध्यान पुर्याउनुहोला । व्यापारमा राम्रै फाइदा हुनेछ । शुभअंक : ४ र १२, शुभरंग : नीलो, स्वामीराशि : शुक्र ग्रह

    मिथुन : आज मिथुन राशि भएकाहरूका लागि आज पनि समय शुभ छ । चिताएका काममा बेलैमा योजना बनाएर प्रारम्भ गर्दा फाइदा हुनेछ । तर बलजफ्ती गर्ने बानीले समस्या निम्त्याउन सक्छ । परिस्थिति अलि संघर्षपूर्ण रहला । अप्ठ्यारो पर्दा मान्यजन तथा अग्रजहरूले साथ दिनेछन् । ईस्या गर्नेहरूले सताए पनि अन्त्यमा परिस्थितिले आफ्नै पक्ष लिन सक्छ । प्रतिस्पर्धीहरूले हार खानेछन् । आश मारेको नतिजा सकारात्मक हुने देखिन्छ । शुभअंक : १ र ५, शुभरंग : हरियो र खैरो, स्वामीराशि : बुध ग्रह

    कर्कट : आज कर्कट राशिका लागि पनि समय राम्रो छ । व्यवसायमा लगानी बढाउनुपरे पनि लागेको मूल्य उठाउन सकिनेछ । पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ । चुनौतीका बाबजुद स्वाभिमान रक्षा गर्न सकिनेछ । आकस्मिक खर्चले मन अत्तालिए पनि लामो यात्रा गर्ने अवसर जुट्नेछ । वैदेशिक यात्रा लाभदायक रहनेछ । प्रतीक्षित नतिजाले हौसला जगाउनेछ । तत्काल फाइदा उठाउँदा पछिको लाभांश घट्न सक्छ । शुभअंक : २ र ६, शुभरंग : सेतो, स्वामीराशि : चन्द्रमा ग्रह

    सिंह : आज सिंह राशि भएकाहरूको लागि आज समय शुभ छैन । अर्थ सङ्कलन तथा आर्थिक अवस्था कमजोर रहने हुँदा विदेश तथा विदेशसँग सम्बन्धित कामहरू रोकिन सक्छ । माया प्रेममा एक अर्कालाई विश्वास गर्न नसक्दा लामो समयदेखिको सम्बन्ध टुट्न सक्छ । स्वास्थ्यको ख्याल गर्नुहोला समय मध्यमय रहेको छ । पूर्व दिशाको यात्रामा पनि सावधान हुनुहोला । शुभअंक : ३ र ७, शुभरंग : गुलावी र हल्का रातो, स्वामीराशि : सूर्यमा ग्रह

    कन्या : कन्या राशि भएकाहरूका लागि आज समय भरपर्दो रहनेछैन । परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ । टाढिएका आफन्त तथा साथीभाइ नजिकिन सक्छन् । लगनशीलताले प्रतिष्ठा जोगाउन सफल भइनेछ । प्रयत्न गर्दा लक्ष्य प्राप्ति हुनेछ । दोहोर्याएर प्रयत्न गर्दा रोकिएको काम बनाउन सकिनेछ । तर अरूका लागि उपयोग भइनेछ भने परिस्थिति आफ्ना लागि अलि प्रतिकूल बन्न सक्छ । शुभअंक : ४ र ६, शुभरंग : हरियो र हल्का रातो, स्वामीराशि : बुधमा ग्रह

    तुला : तुला राशि भएकाहरूका लागि आज पनि समय शुभ छ । शुभचिन्तकहरूले साथ दिनेछन् । लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ । प्रतिष्ठित काम गर्ने मौका छ । चिताएका काम बिस्तारै भए पनि सम्पादन हुनेछन् । पढाइलेखाइमा प्रगति हुनेछ । सेवामूलक कामबाट धनलाभ हुनेछ । सन्तान वा सहयोगीका माध्यमबाट काम बन्ने देखिन्छ । आफ्नो प्रतिभाको कदर हुनेछ । बौद्धिक प्रतिस्पर्धामा पनि अरूलाई उछिन्न सकिनेछ । शुभअंक : ५ र ९, शुभरंग : निलो, स्वामीराशि : शुक्र ग्रह

    वृश्चिक : वृश्चिक राशि भएकाहरूका लागि आज पनि दिन खराब छ । परिवार तथा आफन्तजन सँग मनमुटाब बढ्नेछ भने पति पत्नी तथा बीच अबिस्वास सिर्जना हुनेछ । सवारी साधन तथा यात्रा गर्दा विशेष ध्यान दिनुहोला, दुर्घटना तथा अप्रिय घटना घट्न सक्छ । विद्या तथा प्रतिस्पर्धामा सफलता पाउन निकै नै मेहनेत गर्नुपर्नेछ । स्वास्थ्य सम्बन्धी समस्याले सताउनेछ । शुभअंक : ६ र १०, शुभरंग : रातो, स्वामीराशि : मंगल ग्रह

    धनु : धनु राशिका लागि आज शुभचिन्तकहरूले साथ दिनेछन् । लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ । प्रतिष्ठित काम गर्ने मौका छ । चिताएका काम बिस्तारै भए पनि सम्पादन हुनेछन् । पढाइलेखाइमा प्रगति हुनेछ । सेवामूलक कामबाट धनलाभ हुनेछ । सन्तान वा सहयोगीका माध्यमबाट काम बन्ने देखिन्छ । आफ्नो प्रतिभाको कदर हुनेछ । बौद्धिक प्रतिस्पर्धामा पनि अरूलाई उछिन्न सकिनेछ । शुभअंक : ७ र ११, शुभरंग : पहेंलो, स्वामीराशि : वृहस्पति ग्रह

    मकर : मकर राशि भएकाहरूका लागि आज समय राम्रो छैन । परिवार तथा आफन्तजन सँग मनमुटाब बढ्नेछ भने पति पत्नी तथा बीच अबिस्वास सिर्जना हुनेछ । सवारी साधन तथा यात्रा गर्दा विशेष ध्यान दिनुहोला, दुर्घटना तथा अप्रिय घटना घट्न सक्छ । विद्या तथा प्रतिस्पर्धामा सफलता पाउन निकै नै मेहनेत गर्नुपर्नेछ । स्वास्थ्य सम्बन्धी समस्याले सताउनेछ । काममा सतर्क हुनुहोला । शुभअंक : ८ र १२, शुभरंग : कालो, स्वामीराशि : शनि ग्रह

    कुम्भ : कुम्भ राशिका लागि आज समय शुभ छ, सरकारी सम्मान मिल्न सक्नेछ, आफन्तसंग भेटघाट हुने, जग्गा जमिनबाट लाभ पाइने योग छ, खुशीका समाचार प्राप्त हुनेछ, साथीभाइको सहयोगले आँटेका सबै काम सजिलै सम्पन्न हुनेछन् । शुभअंक : १ र ९, शुभरंग : कालो, स्वामीराशि : शनि ग्रह

    मीन : मीन राशि भएकाहरूका लागि आज समय खराब छ । सानातिना सरसामान हराउन सक्ने वा चोरी हुने सम्भावना छ, सचेतता अपनाउनु राम्रो हुन्छ । दूरदराजबाट प्रसन्नता र खुसीको समाचार आउन सक्छ । परोपकारका क्षेत्रमा काम गर्न मन लाग्नेछ । रकमको कारोबार र लेनदेनमा विवाद आउने सम्भावना छ, यद्यपि आज आर्थिक समस्या हल गर्ने उपाय देखा पर्नेछ । ठूलो महत्वाकांक्षा राखेर धन लगानी गर्नु राम्रो हुनेछैन, जुवातास र सट्टाबाजीबाट जोगिनु पर्छ । अनिच्छित जिम्मेबारी वहन गर्नुपरे पनि ख्याति बढ्ने सम्भावना छ ।
    शुभअंक : २ र १०, शुभरंग : पहेंलो, स्वामीराशि : वृहस्पति

    साइत : आज चन्द्रमा धनु राशिमा रहेकाले पूर्व बाहेक अन्य कुनै पनि दिशाको यात्रा गर्नु ठीक छैन । आज बुधबार उत्तर दिशाको यात्रा गर्नु शुभ मानिंदैन । यदि पूर्वतर्फ बाध्यतावस जानै परेको छ भने घरबाट निस्कनु अघि झोलामा १ माना चामल, १ वोत्तल चोखो पानी राख्नुहोस्, घर नजिकैको सकेसम्म शिव भगवानको मन्दिरलाई दाहिने पारि एक फन्को परिक्रमा गरेर यात्रा शुरुवात गर्नुहोस् । यी धार्मिक उपाय हुन् । यति गर्नुभएमा तपाइँलाई यात्रामा दोष लाग्ने छैन ।

    आजको शुभ लाभादि बेला
    बिहान ६ः५७ बजेदेखि ८ः२७ बजेसम्म लाभ बेला
    बिहान ८ः२७ बजेदेखि ९ः५७ बजेसम्म अमृत बेला
    बिहान ९ः५७ बजेदेखि ११ः२७ बजेसम्म काल बेला
    दिउँसो ११ः२७ बजेदेखि १२ः५७ बजेसम्म शुभ बेला
    दिउँसो १२ः५७ बजेदेखि २ः२७ बजेसम्म रोग बेला
    दिउँसो २ः२७ बजेदेखि ३ः५७ बजेसम्म उद्धेग बेला
    दिउँसो ३ः५७ बजेदेखि ५ः२७ बजेसम्म चर बेला
    दिउँसो ५ः२७ बजेदेखि ६ः५७ बजेसम्म लाभ बेला

    यसमा रोग भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

    राहुकाल समय : दिनमा १२ः०० देखि १ः३० बजेसम्म राहुकाल समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

    (नोट : यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ ।)

    https://youtu.be/UPWmb2QAwUw

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.