शुभेच्छा न्यूज /८ माघ २०७६, बुधबार ०९:२० , प्रकाशीत
अनुमतिपत्र (लाइसेन्स) बनाइदिन्छु भन्दै सेवाग्राहीसँग घुस माग्ने दुई पक्राउ परेका छन् । महानगरिय ट्राफिक महाशाखाबाट खटिएको टोलीले मंगलबार यातायात व्यवस्था कार्यालय ठूलो भर्याङ स्वयम्भूबाट उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा बाजुराको जुगाडा गाउँपालिका– ६ घर भइ ठूलो भर्याङ बस्ने २५ वर्षीय मानबहादुर रोकाया र बुढा निलकण्ठ नगरपालिका–४ घर भई स्वयम्भू बस्दै आएका ३८ वर्षीय गणेश गुरुङ रहेको महाशाखाका प्रहरी उपरीक्षक जिवनकुमार श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार लाइसेन्सको लिखित परीक्षामा पास गराइदिने भन्दै उनीहरूले सेवाग्राहीसँग घुस मागेका थिए । प्रहरीले उनीहरूलाई दुई हजार रुपैयाँ घुससहित पक्राउ गरिएको हो ।

Related