• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

गण्डकी प्रदेश सांसद मनाङेद्वारा एन्फा कास्की अध्यक्षमाथि हातपात

"सांसद गुरुङद्वारा अखिल नेपाल फुटबल (एन्फा) कास्कीका अध्यक्ष मिलन गुरुङमाथि मुक्का  "
  •    सुभेक्षा न्युज  /८ माघ २०७६, बुधबार ०९:५२ ,  प्रकाशीत
  • गण्डकी प्रदेशका सांसद राजीव गुरुङ (दीपक मनाङे) द्वारा कास्की जिल्ला फुटबल सङ्घका अध्यक्षमाथि हातपात भएकाे छ ।

    पोखरा महानगरपालिका २९ भण्डारढिकमा मङ्गलबारदेखि सञ्चालन भएको मुख्यमन्त्री कप खेलको उद्घाटनअघि सांसद गुरुङद्वारा अखिल नेपाल फुटबल (एन्फा) कास्कीका अध्यक्ष मिलन गुरुङमाथि मुक्का र लात्ती प्रहार भएकाे हाे ।

    मिलन गुरुङ मुख्यमन्त्री कपको कोषाध्यक्ष समेत हुन् । मनाङबाट सहभागी डाँफे युवा क्लबको व्यवस्थापनका विषयमा पाँच मिनेटजति वादविवाद भएपछि प्रदेश सभा सदस्य गुरुङले ‘लात्ती तथा मुक्का प्रहार’ गर्दै हातपात गरेकाे अध्यक्षले बताए ।

    दुई जनाबीच नियमअनुसार सहभागी टोलीलाई खेलको एक दिनअघि र एक दिनपछि मात्र आयोजकले व्यवस्था गर्ने र अरु बेला सहभागी टोलीले गर्नुपर्ने नियम अनुसार नै गरिए पनि प्रदेश सभा सदस्य गुरुङले आफूलाई हातपात गरेको अध्यक्ष गुरुङले बताए । सांसद जस्तो व्यक्तिले नबुझिकन हातपात गरेकोमा अध्यक्षकाे आपत्ति छ ।

    यसैबीच सांसद गुरुङले एन्फा अध्यक्ष गुरुङलाई झापड हानेको स्वीकार गर्नु भएकाे छ । ‘मुख्यमन्त्री कपका लागि गाउँबाट आएका खेलाडीलाई मैदान पनि उपलब्ध नगराएको र होटलको व्यवस्था पनि नमिलाएकोले सम्झाएको हुँ’, गुरुङकाे भनाइ छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.