शुभेच्छा न्यूज /९ माघ २०७६, बिहीबार १६:४२ , प्रकाशीत
गण्डकी प्रदेशका सासंद राजिव गुरुङ (दिपक मनाङ्गे) लाई प्रहरीले पक्राउ गरेको छ ।अखिल नेपाल पुटबल संघ कास्की (एन्फा)का अध्यक्ष मिलन गुरुङलाई हातपात गरेको आरोपमा जिल्ला प्रहरी कास्कीले उनलाई पक्राउ गरेको हो ।
जिल्ला अदालत पोखराले पक्राउ पूर्जी जारी गरेपछि प्रहरी टोलीले पोखराको लेकसाइडबाट सांसद मनाङ्गेलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यलय कास्कीका डिएसपी एवं प्रबक्त राजकुमार केसीले बताए ।
पक्राउ परेका सांसद मनाङेलाई म्याद थपका लागि अदालतमा पेश गर्ने तयारी भइरहेको उनले बताए ।
एन्फा जिल्ला अध्यक्ष गुरुङले गुरुङले बुधवार जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दिएका थिए । पक्राउ पर्नुअघि मनाङ्गेले बिहीवार बिहान राष्ट्रियसभा सदस्य निर्वाचनमा मतदान गरेका थिए ।

Related