• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

होटलबाट १० जना जुवाडे पक्राउ,मुद्दा चलाउन ५ दिनको म्याद थप

  •      /९ माघ २०७६, बिहीबार ०९:५३ ,  प्रकाशीत
  • बेसीशहरको होटलबाट हालै पक्राउ परेका १० जना जुवाडेमाथि मुद्दा चलाउन ५ दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ ।

    बेसीशहर नगरपालिका– ७ को मनाङे चौतारस्थित ओमश्रेया गेष्ट हाउसको तीन तलामाथि जुवा खेलिरहेको अवस्थामा १० जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक वसन्तबहादुर रानाले बताए । पक्राउ पर्नेमा ओमश्रेया गेष्ट हाउस संचालक वर्ष ४० का सूर्यबहादुर भण्डारीसमेत छन् ।

    प्रहरीले सुन्दरबजार नगरपालिका– ७ बस्ने वर्ष ५० का कृष्णबहादुर अधिकारी, क्ब्होलासोथर गाउँपालिका– ४ बस्ने वर्ष २८ का डम्बरबहादुर गुरुङ, दोर्दी गाउँपालिका– ४ का ५० वर्षीय यम गुरुङ, सो गाउँपालिका वडा ८ का वर्ष ३० का कर्णबहादुर गुरुङलाई पक्राउ गरेको हो ।

    यसैगरी, मनाङको नासों गाउँपालिका– ८ बस्ने वर्ष ३६ का मन घले र काभ्रे जिल्ला घर भई काठमाडौमा बस्ने वर्ष ५८ का सानुबाबु तामाङ छन् ।

    उनीहरूको साथबाट २८ हजार रुपैयाँ नगद र कौडा तथा तास बरामद गरिएको थियो । उनीहरूविरुद्धमा सार्वजनिक हित सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसूर ऐनअन्तर्गत जिल्ला प्रशासन कार्यालयमा मुद्दा पेश गरी म्याद थप गरिएको हो ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.