• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

उंखु उत्पादनको पकेट क्षेत्रमा किसानलाइ पचास प्रतिशत अनुदान

"गाउं पालिकाको एक वडा एक उत्पादन पकेट क्षेत्रको नीति "
  •     कृष्ण अन्जान ज्ञवाली  /९ माघ २०७६, बिहीबार १४:३९ ,  प्रकाशीत
  • गुल्मी जिल्लाको थोर्गा भन्ने वित्तिकै उखु खुदो र गुँडको झझल्को आइ हाल्छ ।एउटा युग थियो पर्वत ,स्यांगजा ,वाग्लुंङ,पाल्पा लगायतका जिल्ला सम्म थोर्गाको खुदो र गुँड खरिद गर्न ग्राहकहरु यहाँ आउने गर्थे ।

    थोर्गा गाउंँमा उत्पादन हुने खुदो र गुंँडको महत्व फरक छ । यहाँंको अर्गानिक स्वादकका कारण पनि एकपटक स्वाद चाखेकाहरु थोर्गामा टिन वोकेर खुदो खरिद गर्न आउने गरेको सम्झना गर्छन थोर्गा फल्लेखर्कका कृष्ण राज ज्ञवाली ।

    ‘बारी भरि उंँखु हुन्थे महिनौ सम्म लगाएर उंँखु पेलेको सम्झना गर्छन’ ज्ञवाली ।ड्रमकका ड्रम खुदो उत्पादन हुन्थ्यो रसेटामा वसेर खुदो उंँखु खाने गुंँड पार्ने ,र उत्पादीत खुदो छिमेकी जिल्लामा विक्रीहुनेहुदा र घरघरमा आएर खुदो लैजाने गरेको उनले वताए ।

    थोर्गा गाउंँ साविक थानपति र रुरुको केहि भाग भएको गाउंँ हो र यो गाउंँ नै उंखु खुदो र गुंडले प्रख्यात थियो ।

    समयले विस्तारै यो गाउंँलाइ पनि परिवर्तन गरायो,नया पुस्ताले गाउंँ छाडे ,बुढा बा आमाले केहि गर्न नसक्ने भए बारी बाझिए ।जसका कारणले उत्पादन हुन छाड्यो ।मात्र सम्झना बन्न थाल्यो थोर्गाको उंखु खुदो र गुंड ।

    पछिल्लो चरणमा खासै उल्लेख्य उत्पादन त छैन तर पुर्खाको विरासत धान्ने काममा केहि यहांँका अग्रज किसानहरु लागेको पाइन्छ ।साविक थानपति गाउं विकास समिती र हालको रुरु क्षेत्र गाउंँ पलिका वडा नं ३ का इन्दुवर ज्ञवाली,लेखनाथ ज्ञवाली ,चोला नाथ ज्ञवाली लगायतले बाबु बाजेको बिडो धानेका मात्र छैनन थोरै मात्र भए पनि थोर्गेली खुदो र गुंडलाइ नेपाली वजारमा पु¥याउने प्रयास गरेका छन ।

    थोर्गेली गुंँडको व्यवसायिक करण गरेकै कारण इन्दुवर ज्ञवालीले त राष्ट्रिय रुपमा उत्कृष्ट किसानको पुरस्कार पाइ सकेका छन ।

    यो क्षेत्रमा लगाइने उंँखुमा उंँखुडी ,कालो कोसेर सेतो कोसेर मुख्य रुपले प्रचलित उंँखु हुन ।यिनै जातका उंँखु पेलेर वनाइएको खुदो लामो समय सम्म थोर्गा गाउंँमा चिनीको विकल्पको रुपमा थियो ।यहाँको खुदो हालेर पकाइएको चिया वादिष्ट पनि हुने र स्वास्थलाइ समेत फाइदा पुग्ने स्थानियको दावी छ ।

    खुदो र गुँंडको प्रयोग मधुमेहका रोगिले पनि मज्जाले प्रयोग गर्न सक्ने र कमलपित्तको रोगिका लागि यहाँंको खुदो गुँंड र उँंखु त वरदान नै सावित भएको छ ।

    सामान्य रुपमै भएपनि थोर्गामा गुंँडको उत्पादन भइ रहेको छ ।खुदो खरिदेर भएपनि गुँंड उत्पादन गरेको मझगांँउका दिल बहादुर क्षत्रीले बताए ।

    चापाखर्कका अग्रज किसान इन्दुवर ज्ञवाली र थानपति गाउँंविकास समितीका पुर्व अध्यक्ष समेत रहेका लोखनाथ ज्ञवाली ,स्थानिय युवा चोलानाथ ज्ञवाली र रामचन्द्र ज्ञवालीको मा वाह्रै मास गुँंड उत्पादन र व्यवसायिक बिक्री समेत हुने गरेको छ ।

    थोर्गामा हाल उत्पादन हुने गुंडमा फसफसे ,हाडे ,चाम्रो र मसाले दार हुन जुन खानमा पनि मजेदार भएको गुँंडका पारखीहरु बताउंछन ।हाल यो गाउंँमा खुदो असि रुपैयां माना र गँुंड किलोको १ सय तीस देखि एकसय पचास सम्म विक्री भइरहेको छ ।

    उंखु उत्पादनमा स्थानिय निकाएको प्रयास
    उंखु खुदो र गुँंडका लागि प्रख्यात थोर्गामा किसानहरु यि उत्पादनमा उदाशिन देखिन थालेपछि रुरुक्षेत्र गाउंँ पालिकाले उत्पादन बढाउन नयांँ प्रयासको थालनि गरेको छ ।

    रुरुक्षेत्र गाउं पालिकाको एक वडा एक उत्पादन पकेट क्षेत्रको नीति अनुरुप वडा न ३ का साथै वडा न ४ को दार्सिङवास क्षेत्रलाइ उंखु उत्पादनको पकेट क्षेत्र घोषणा गरिएको छ।

    यस सिजनवाट उंखु उत्पादनलाइ प्रमुख नगदे वालीको रुपमा प्राथमिकताको रुपमा उत्पादन अगाडी वढाइने रुरु गाउं पािलका वडा न ३ का वडाध्यक्ष शेष नारायण पैडेलले बताए ।यसका लागि संघ प्रदेश तथा स्थानिय निकायको समन्वयमा काम थालिने वडाध्यक्ष पौडेलको भनाइ छ ।

    त्यसो त यस क्षेत्रका प्रदेश सभाका सांसद कमल श्रेष्ट तथा गाउँंपालिकाका प्रमुख निलकण्ठ गौतमको विशेष सकृयतामा रुरुक्षेत्र गाउं पालिकालाइ एक वडा एक उत्पादनको रुपामा अगाडी वढाउने उद्धेस्यका साथ काम अगाडी वढेको छ । यस अघि नै रुरु १ को च्यूरेकलाइ लिची पकेट क्षेत्र घोषणा गरि काम भइरहेको छ ।

    रुरुक्षेत्र गाउँं पालिका ३ थानपतिलाइ उंखु पकेट क्षेत्र घोषणा गरिए संगै यो वर्ष ८० लाख वजेट विनीयोजन भएको उंखु पकेट क्षेत्र सञ्चालक समितीका संयोजक हुतराज गौतमले जानकारी दिएका छन ।

    उनका अनुसार अहिले २ सय पचास रोपनि क्षेत्रमा उंखु उत्पादन भइरहेकोमा पाच सय रोपनि उत्पादन क्षेत्र पु¥याउने लक्ष समितीले राखेको छ ।

    जसका लागि किसानलाइ उंखुको विउमा पचास प्रतिशत छुट ,आधुनिक रसेटो ,आधुनिक मशिन ,ओषधि तथा मलमा अनुदान दिने व्यवस्था मिलाइएको छ । यसका लागि प्रधानमन्त्रि कृषि आधुनिकी करण परियोजना ,कृषि ज्ञान केन्द्र केन्द्रियसरकार ,प्रदेश र स्थानिय सरकारको समेत समन्वय गरिने छ ।

    उखु उत्पादन पकेट क्षेत्र सञ्चालक समितीले उंखु खुदो र गुंड उत्पादनलाइ अगाडी वढांउंदै प्रचार प्रसार र वजार व्यवस्थापनको कार्यका लागि मुलुक भर लाग्ने मेला महोत्सवमा थोर्गेली उंखु खुदो गुंडको बजार प्रवद्र्धन गर्ने संयोजक गौतमले वताए ।

    उनका अनुसार यो अभियानले सरकारको शुखी नेपाली र समृद्ध नेपालको नारालाइ सार्थक वनाउने छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.