शुभेच्छा न्यूज /९ माघ २०७६, बिहीबार १४:४४ , प्रकाशीत
गण्डकीमा राष्ट्रियसभाका दुई पदका लागि मतदान जारी छ । राष्ट्रियसभाका अन्य र महिलाका लागि छुट्टाइएका दुई पद रिक्त भएपछि आज चुनाव हुन लागेको हो ।
गण्डकी प्रदेशमा २०७४ को निर्वाचनमा कांग्रेसबाट विजयी भएका सदस्य सुरेन्द्रराज पाण्डे र विन्दादेवी रानाको २ वर्षे पदावधि सकिएपछि निर्वाचन हुन लागेको हो ।
पहिलो एकतिहाईको पदावधि दुई वर्षको हुने संवैधानिक व्यवस्था बमोजिम उनीहरुको भागमा दुईवर्षे कार्यकालको गोलाप्रथा परेको थियो ।
चुनावमा नेकपा र काँग्रेसले दुवै पदमा उम्मेदवार उठाएको छन् । राष्ट्रिय जनमोर्चाले अन्यमा मात्रै उम्मेदवारी दिएको छ । नेकपाबाट अन्य नामक कोटामा पार्टी प्रबक्ता तथा सचिवालय सदस्य नारायणकाजी श्रेष्ठ र महिला कोटामा भगवती न्यौपाने उम्मेदवार बनेको छ ।
काँग्रेसबाट अन्यमा सूर्यप्रसाद रेग्मी र महिलामा विमला गौचनलाई उम्मेदवार बनाएको छ । उता जनमोर्चाबाट अन्यमा शंकर बरालले उम्मेदवारी दिएका छन् ।
प्रदेशसभा सदस्य ६० र स्थानीय तहका १ सय ७० जनाले चुनावमा मतदान गर्दैछन् । राष्ट्रियसभामा प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख÷उपप्रमुखले मतदान गर्नेछन् । राष्ट्रियसभा निर्वाचनमा प्रदेशसभा सदस्यको मतभार ४८ र स्थानीय तहका प्रमुख÷उपप्रमुखको मतभार १८ तोकिएको छ ।
गण्डकीमा ६० प्रदेशसभा सदस्यको दुई हजार ८८० र ८५ स्थानीय तहका १७० जनप्रतिनिधीको मतभार तीनहजार ६० सहित कुल मतभार पाँच हजार ९४० रहेको छ ।
बहुमतीय प्रक्रियाबाट निर्वा्चित हुने भएपछि यहाँ तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रको एकिकरण पश्चात देशको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का उम्मेदवारको जीत सुनिश्चित छ ।
यहाँ नेकपाले गोरखाका नारायणकाजी श्रेष्ठ र तनहुँका भगवती न्यौपानेलाई उम्मेदवार बनाएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले स्याङजाका सूर्यप्रसाद रेग्मी र म्याग्दीका विमला गौचनलाई उम्मेदवार बनाएको छ। यहाँ मतभारको तुलना गर्दा कांग्रेसको हार निश्चितजस्तै छ । अन्य दलले भने उम्मेदवार घोषणा गरेका छैनन् ।
कास्कीको जिल्ला निर्वाचन कार्यालयमा भएको मतदान साँझ ४ बजेसम्म चल्ने छ ।

Related