राष्ट्रियसभा सदस्यमा नेकपाका नारायणकाजी र भगवती विजयी
शुभेच्छा न्यूज /९ माघ २०७६, बिहीबार १८:२२ , प्रकाशीत
राष्ट्रियसभा निर्वाचन अन्तरगत गण्डकी प्रदेशबाट नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठ (प्रकाश) १२१८ मतान्तरले विजयी भएका छन् ।
श्रेष्ठले नेपाली कांग्रेसका उम्मेदवार सूर्यप्रसाद रेग्मीलाई १२१८ मतान्तरले पराजित गरे । उनीहरूबीच एक हजार दुई सय १८ मतान्तर छ।
नेकपा उम्मेदवार श्रेष्ठले ३ हजार ४ सय ६२ मत प्राप्त गरे भने कांग्रेस उम्मेदवार रेग्मीले २ हजार २ सय ४४ मत प्राप्त गरे ।
त्यस्तै महिलामा गण्डकी प्रदेशबाट नेकपाकी भगवती न्यौपाने विजयी भएकी छन् ।
उनी नेकपामा महिलातर्फबाट उम्मेदवार थिइन्। न्यौपानेले तीन हजार तीन सय ६६ मत ल्याइन् भने नेपाली कांग्रेसकी उम्मेदवार दुई हजार तीन सय ४० मत आएको छ। उनीहरूबीच मतान्तर एक हजार २६ रहेको छ ।
नेता श्रेष्ठ २०७४ सालमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा गोरखा २ मा बाबुराम भट्टराईसँग पराजित भएका थिए।
त्यसैगरी भगबती न्यौपाने तनहुँमा नगरपालिकाको प्रमुखमा पराजित भएकी थिइन् ।

Related