• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

आइतबार पोखरा महोत्सवमा कमला घिमिरे र प्रिन्स लम्सालको दोहोरी हुने

  •    शुभेच्छा न्यूज  /११ माघ २०७६, शनिबार २१:४१ ,  प्रकाशीत
  • पोखरा महोत्सवको अन्तिम दिन आइतबार पछिल्लो समय दोहोरी गायर भाइरल बनेकी कमला घिमिरे र प्रिन्सि लम्सालको प्रस्तुती रहने भएको छ ।

    महोत्सवमा आउने दर्शकले दोहोरीबाट भाइरल बनेकी कमला घिमिरे र प्रिन्स लम्सालको माग गरेपछि आयोजकले उनीहरुलाई आइतबार दिउसो स्टेजमा उतार्ने भएका हुन । उनीहरुले विशेष समय लिएर पोखरा महोत्सवमा आउने दर्शकको मागलाई मध्येनजर गरी दोहोरी प्रस्तुत गर्ने महोत्सवका सांस्कृतीक संयोजक राजु श्रेष्ठले जानकारी दिए ।

    घिमिरे र लम्साल संगै लोकदोहोरी गायक गायिका सरला पाण्डे, कुमार पुन, दिला बिक, सुरेन्द्र गुरुङ, टेक क्षेत्री, शिवहरी ढुंगाना, सीता परियार, सीता केसी, निश्चल थापा, प्रशान्त तामाङ, परशुराम अधिकारी, किसान नेपाली लगायतको प्रस्तुती रहने आयोजकले जनाएको छ ।

    त्यसैगरी संस्कृती तर्फ बगाले टोल तायाः मचाः समितिको गाईजात्रा नृत्य प्रस्तुती रहने छभने सांझको पप तथा लाई कन्सर्टमा अनुप्रस्था र मेलिना राईको प्रस्तुती रहनेछ ।

    महोत्सवमा शनिवार दर्शकको उल्लेख्य सहभागीता रहेको थियो । दर्शकसंगै महोत्सवमा कारोबार समेत निकै वढेको छ । महोत्सवमा शनिवार उपस्थित दर्शकहरुलाई चर्चित लोकदोहोरी गायक बद्री पंगेनीको लोकदोहोरी प्रस्तुती मार्फत दर्शकले भरपुर मनोरन्जन लिए ।

    पंगेनी संगै लोकदोहोरी गायक गायिकाहरु प्रजापति पराजुली, तारापति सुवेदी सुरेन्द्र गुरुङ, पूर्ण परियार, रामजी पौडेल, दिलु लामा, सविना गुरुङ, सरिता सारु मगर, टस गुरुङ, बिकास नेपाली, टेक क्षेत्री, सुरेस राना मगर लगायतको प्रस्तुतीमा दर्शकले भरपुर मनोरन्जन लिए ।

    शनिवार आधुनिक गायक सन्तोष बस्याल र सांझको पप कन्टसर्टमा अन्तराष्ट्रिय ब्याण्ड मन्त्र र स्थानिय ब्ल्याक रोजको प्रस्तुतीमा युवाहरुले भरपुर मनोरन्जन लिएका थिएभने संस्कृती तर्फ माटेपानी मगर समाजको मगर संस्कृतीमा आधारित कौराहा नृत्यको प्रस्तुती रहेको थियो ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.