ज्यो. हरि पन्त /११ माघ २०७६, शनिबार १०:०८ , प्रकाशीत
ज्यो. हरि पन्त
आजको पञ्चांग
आज मिति २०७६ माघ ११ गते शनिबार, इस्वीसंवत जनवरी २५ तारिक सन् २०२०, श्री शालीबाहनीय शाके १९४१, नेपाल संवत् ११४०, परिधावीनामः संवत्सरः, सूर्य पृथ्वीको उत्तरी गोलार्द्धमा छन् । शिशिर ऋतु चलिरहेको छ ।
चान्द्रमान अनुसार माघशुक्लपक्ष चलिरहेको छ । सौरमान अनुसार आज माघशुक्लपक्षको प्रतिपदा तिथि अहोरात्र रहनेछ । आज श्रवण नक्षत्र, विष्कुम्भादि योगमा सिद्ध्र, करणमा किंस्तुध्न रहनेछ भने आनन्दादि योगमा स्थिर रहनेछ ।
सूर्य मकर राशिमा, चन्द्रमा मकर राशिमा अहोरात्र रहनेछ । आज दिनमान २६ घटि ४३ पलाको रहनेछ । आज सूर्योदय नेपालको काठमाडौं केन्द्रबिन्दुमा रहि बिहान ठीक ६ बजेर ५६ मिनेटमा यम मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझ ठीक ५ बजेर ३७ मिनेटमा हुनेछ ।
आजको राशिफल
मेष : मेष राशि भएकाहरूका आज तर्क वितर्कमा समय खेर फाल्नु उचित छैन, कमी कमजोरी कुन भइरहेका छन् त्यसमा विचार पुर्याउनु, बेलैमा होस पुर्याउन जरुरी छ, कार्यबाट मन सन्तुष्ट हुनेछैन, समग्रमा आजको समय मध्यम खालको रहेकाले नयाँ कार्यमा लगानी नगर्नु नै राम्रो हुनेछ ।
वृष : वृष राशि भएकाहरूका लागि आज मानसिक चोट पर्ने कुरा कसैले गर्न सक्छ, अपमानित हुने ठाउ“मा नजानु नै बेस, तपाईंको काम विगार्नेतर्फ आफन्त, नजिकका नाता समेत लागि पर्ने छन्, आज खर्च सोचेभन्दा ज्यादा हुनेछ, मनमा तनाव, कुनै पनि काम छिटो–छिटो गर्छुभन्दा झन् ढिलो हुन जानेछ ।
मिथुन : आज मिथुन राशि भएकाहरूका लागि आज नया कामको थालनी, हालको पेशामा ठूलो लगानी गर्नु पनि ठीक छैन, व्यापार व्यवसाय पेसामा संलग्न व्यक्तिलाई नोक्सान दिनेवाला रहेको छ, आकस्मिक चोर अथवा बदमास व्यक्तिबाट आक्रमणमा पर्न सकिने सम्भावना पनि त्यत्तिकै छ, एक्लै यात्रामा जानु ठीक छैन ।
कर्कट : आज कर्कट राशिका लागि घरमा कुनै धार्मिक कार्य, व्रत, पर्वको उत्सव मनाइने सम्भावना समेत रहेको छ, प्रेम सम्बन्ध बढ्न सक्ने अवस्था पनि आइपर्ला जस्तो छ । तपार्इं मनोरञ्जनपूर्ण कार्यमा सहभागी हुन सक्ने अवस्था रहेको छ, समग्रमा आज समय शुभ रहेकाले उपयोग गरेमा लाभ मिल्नेछ, धार्मिक यात्रा पनि सफल हुनेछ ।
सिंह : आज सिंह राशि भएकाहरूका लागि आज पनि स्वास्थ्य ठीकठाक रहनेछ । मानसिक प्रशन्नता मिल्ने काममा लगानी गरिनेछ । आम्दानीका नया स्रोत बढ्दै जानेछन्, जुन काम गर्ने विचार गर्नु भएको छ, सक्दो छिटो गर्नुहोस् सजिलैसग पूरा हुनेछन् । आफ्नो बोली वचनको प्रभावले धेरै दिनदेखि रोकिएका काम बन्नेछन् ।
कन्या : कन्या राशि भएकाहरूका लागि आज आफन्त व्यक्तिले काम विगारीदिने सम्भावना बलियो रहेको छ । मानसिक चञ्चलता, कार्यक्रममा विघ्नबाधा, पेट अथवा कम्मर दुख्ने, वायू रोग, शूल, मन परेको खानामा गडबडी, कुनै चिन्ता पर्ने समाचार सुन्नुपर्नेछ । हरेक कार्यमा सतर्कता अपनाई सम्पन्न गर्नतिर लाग्नु उचित हुनेछ।
तुला : तुला राशि भएकाहरूका लागि आज यात्रा, लेनदेन गर्दा ज्यादा घाटा पर्नेछ । घर परिवारमा आकस्मिक कुनै व्यक्ति रोगले पीडित हुनुपर्नेछ । कुनै दलालले पैसा ठगिदिने, छातीमा खराबी, रोग बाधाको बलियो सम्भावना रहेको छ । समय अत्यन्तै खराब रहेकाले सबै काममा सतर्क भएर अघि बढ्नुपर्ने आवश्यकता देखिन्छ ।
वृश्चिक : वृश्चिक राशि भएकाहरूका लागि आज व्यापार व्यवसायबाट राम्रोे लाभ प्राप्त गर्न सक्नुहुनेछ । थान कपडाको दोकान, किराना, मट्टीतेल, डिजल, कुनै पनि तरल पदार्थको पेसा गर्ने व्यक्तिलाई पनि पूर्ण सफलता र लाभको रहेको छ । बोली वचनले नया-नया मित्र बढ्दै जानेछन् । जे काम गर्नुछ सुखैका साथ सम्पन्न हुनेछन् ।
धनु : धनु राशिका लागि आज एक्कासी स्वास्थ्यले धोका दिन सक्नेछ । खानामा गडबडी, असुविधा, कुनै व्यक्तिसग विवाद पर्ने, लाभ कम, हानी नोक्सानी ज्यादा हुन सक्ने देखिएको छ । घर परिवारबाट सहयोगको बदला हानी नोक्सानी नै ज्यादा हुने देखिन्छ । खासगरी आज पूर्व दिशाको यात्रा नगर्दा राम्रो हुने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ ।
मकर : मकर राशि भएकाहरूका लागि आज मानसिक प्रशन्नता, मान, प्रतिष्ठा मिल्नेछ । सामाजिक कार्यमा अग्रसर व्यापार विनिमय र पशु चौपायबाट समुचित लाभ, अवरुद्ध कार्य पनि सफल हुनेछन् । समय शुभ रहेकाले सही उपयोग गरेमा लाभ मिल्नेछ । नयाँ काम गर्दै हुनुहुन्छ भने आजको समय शुभ रहेको छ ।
कुम्भ : कुम्भ राशिका लागि आज पेटको खरावी बढ्नेछ । परिवारमा मतभेद, वादविवाद पर्ने, कार्यमा विलम्बता हुने, लेनदेन र जग्गा जमीन सम्बन्धी कार्यमा विवाद पर्न सक्ने देखिन्छ, पशु चौपाय तथा कृषि सम्बन्धी कार्यबाट हानी, आत्मीयजनबाट विश्वासघात इत्यादि हुन सक्नेछन्, अत्यन्तै सतर्क हुनुहोला।
मीन : मीन राशि भएकाहरूका लागि आज नवीन कार्यको विचार विमशर्, आर्थिक तथा शारीरिक स्थिति राम्रा हुनेछन् । आफ्नो व्यवसायबाट सोचे अनुसारकै लाभ मिल्नेछ । धार्मिक कार्यमा रुचि बढ्ने, पठनपाठन फलदायक रहनेछ । समग्रमा समय शुभ रहनेछ, भरपूर उपयोग गर्नुहोला ।
साइत : आज चन्द्रमा मकर राशिमा रहेकाले दक्षिण बाहेक अन्य कुनै पनि दिशाको यात्रा गर्नु ठीक छैन । आज शनिार पूर्व दिशाको यात्रा गर्नु शुभ मानिंदैन । यदि अन्य दिशातर्फ बाध्यतावस जानै परेको छ भने घरबाट निस्कनु अघि झोलामा १ माना चामल, १ वोत्तल चोखो पानी राख्नुहोस्, घर नजिकैको सकेसम्म शिव भगवानको मन्दिरलाई दाहिने पारि एक फन्को परिक्रमा गरेर यात्रा शुरुवात गर्नुहोस् । यी धार्मिक उपाय हुन् । यति गर्नुभएमा तपाइँलाई यात्रामा दोष लाग्ने छैन ।
आजको शुभ लाभादि बेला
बिहान ६ः५६ बजेदेखि ८ः२६ बजेसम्म काल बेला
बिहान ८ः२६ बजेदेखि ९ः५६ बजेसम्म शुभ बेला
बिहान ९ः५६ बजेदेखि ११ः२६ बजेसम्म रोग बेला
दिउँसो ११ः२६ बजेदेखि १२ः५६ बजेसम्म उद्धेग बेला
दिउँसो १२ः५६ बजेदेखि २ः२६ बजेसम्म चर बेला
दिउँसो २ः२६ बजेदेखि ३ः५६ बजेसम्म लाभ बेला
दिउँसो ३ः५६ बजेदेखि ५ः२६ बजेसम्म अमृत बेला
दिउँसो ५ः२६ बजेदेखि ६ः५६ बजेसम्म काल बेला
यसमा रोग भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।
राहुकाल समय : बिहानमा ९ः०० देखि १०ः३० बजेसम्म राहुकाल समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।
(नोट : यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ ।)

https://youtu.be/qTfzpgeWaeI
Related