शुभेच्छा न्यूज /१२ माघ २०७६, आईतवार १७:४३ , प्रकाशीत
राइफलको गोलीसहित जहाज चढ्न लागेका एक व्यक्तिलाई कास्की प्रहरीले पोखरा विमानस्थलबाटै पक्राउ गरेको छ।
पोखरा–१७ रिठेपानीका ४० वर्षीय जितु शाहीलाई प्रहरीले आइतबार २२ बोरको राइफलमा प्रयोग हुने २९ राउण्ड गोलीसहित पक्राउ गरेको हो। उनी यति एयरको बिहान १०ः१५ को उडानबाट काठमाडाैं जाँदै थिए।
पोखरा विमानस्थलबाट यती एयरलायन्सको विमानमार्फत काठमाडौं जान लागेका शाहीको झोला विमानस्थलको एक्सरे मेसिनले परीक्षण गर्ने क्रममा २९ राउण्ड गोली फेला परेको एसपी दानबहादुर कार्कीले जानकारी दिए ।
‘शाहीलाई म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको छ’, एसपी कार्कीले भने । उनको झोलाबाट बरामद गरिएका गोली २२ बोरको राइफलमा प्रयोग हुने रहेकाे प्रहरीले जानकारी दिएको छ ।
उनका अनुसार गोली के प्रयोजनको लागि कता लैजाँदै थिए भन्नेबारे अनुसन्धान थालिएको छ।

Related