• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

मृत्यु दाबी भुक्तानीको जीवन बिमाको रकम घरमै पुगेर हस्तान्तरण

  •    शुभेच्छा न्यूज  /१२ माघ २०७६, आईतवार २०:२९ ,  प्रकाशीत
  • गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड क्षेत्रीय कार्यालय पोखराले विमाको रकम घरमै गएर हस्तान्तरण गरेको छ ।

    कम्पनीका क्षेत्रीय प्रमुख बाबुराम पौडेलले पर्बत जिल्ला मोदी गाउँपालिका वडा नं ७ राम्जा देउराली बस्ने स्वर्गिय उदयबहादुर क्षेत्रीको श्रीमति पार्वती क्षेत्रीलार्ई १४ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन्।

    उक्त कार्यक्रममा कम्पनीको पोखरा क्षेत्रीय कार्यालयका मार्केटिङ अधिकृत श्याम प्रसाद तिमिल्सेना, अधिकृत प्रकाश रेग्मी, बाग्लुङ शाखा प्रमुख विष्णुप्रसाद तिवारी, एजेन्सी मेनेजर राजन शर्मा लगायतले आफ्नो भनाई राखेका थिए।

    स्वर्गिय क्षेत्रीले १० लाख रुपैयाँको बैदेशिक रोजगार म्यादी बीमा गरेकामा २०७६ कार्तिक ४ गते बैदेशिक रोजगारको सिलसिलामा कतारमा दुर्घटनामा परी मृत्यु भएको थियो।

    त्यसै गरी सोही जिल्ला बनौ–१ बस्ने स्वर्गिय रामप्रसाद फकामी पुन मगरको श्रीमती यामकुमारी पुन मगरलाई चौध लाख हस्तान्तरण गरिएको कम्पनीको क्षेत्रीय मार्केटिङ अधिकृत श्याम प्रसाद तिमिल्सेनाले वताएका छन् ।

    मगरले पनि १० लाखको बैदेशिक रोजगार म्यादी बीमा गरेकामा बैदेशिक रोजगारीको सिलसिलामा २०७६ साउन २५मा बिरामीको कारणबाट साउदी अरेबियामा मृत्यु भएको उनले वताए।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.