शुभेच्छा न्यूज /१२ माघ २०७६, आईतवार १८:४९ , प्रकाशीत
गण्डकी प्रदेशका प्रदेशसभा सांसद राजीव गुरुङ ‘दीपक मनाङे’ धरौटीमा रिहा भएका छन् ।प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले ६ हजार धरौटीमा मनाङेलाई रिहा गर्न आदेश दिएका हुन् ।
गत माघ ९ गते लेखनाथको भण्डारढिक स्थित खेल मैदानमा संचालन भएको प्रथम मुख्यमन्त्री कप सुरु हुुनु अगाडी खेल व्यवस्थापन नमिलाएको भन्दै गुरुङले नेपाल फुटबल संघ (एन्फा) कास्की अध्यक्ष मिलन गुरुङलाई झापड हानेका थिए।
बिहिबार जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेका सांसद मनाङेबिरुद्ध सार्वजनिक अपराधको कसुरमा म्याद थप गरी अनुसन्धान गरिरहेको थियो।
एन्फाका अध्यक्ष गुरुङको जाहेरीका आधामा बिहीबार पोखराको लेक साइडबाट जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले सांसद मनाङेलाई नियन्त्रणमा लिएको थियो।

Related