• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

चण्डी माध्यमिक विद्यालयको वार्षिकोत्सवका अवसरमा सम्मान

  •    शुभेच्छा न्यूज  /१२ माघ २०७६, आईतवार १९:१६ ,  प्रकाशीत
  • पोखरा महानगरपालिका वडा नं ३३ स्थित चण्डी माध्यमिक विद्यालयको ५७ औं वार्षिकोत्सव एवम् ५८ औं अभिभावक दिवसका अवसरमा आज विभिन्न व्यक्तिलाई सम्मान गरिएकोे छ ।

    कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्षहरू सन्तबहादुर थापा, चेतबहादुर महत, लोकबहादुर महत र हेमबहादुर थापा(पराजुली)लाई गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुनले सम्मानपत्र सहित दोसल्ला ओढाएर सम्मान गरिन् ।

    साथै उक्त अवसरमा वर्ष उत्कृष्ट अभिभावकमा केशवराज लामिछाने र ज्येष्ठ सदस्यद्वय शेरबहादुर थापा र मीठुमाया खड्कालाई पनि सम्मान गरिएको थियो ।

    कार्यक्रममा मन्त्री पुनले समाजमा योग्य, नैतिकवान र दक्ष नागरिक तयार गर्नु बर्तमानको आवश्यकता भएको बताउँदै अनुशासित विद्यार्थी तयार गर्ने जिम्मेवारी शैक्षिक संस्थाको भएको बताइन् ।

    सामूदायिक विद्यालयको अवस्था दयनीय भएको बताउँदै उनले यी विद्यालयमा भएको स्रोत साधनलाई एकिकृत गर्दै गुणस्तरीय शिक्षाका माध्यमबाट विद्यार्थी तथा अभिभावकको ध्यान केन्द्रित गर्नुपर्ने आवश्यकता औंल्याइन् ।

    पोखरा महानगरपालिका वडा नं ३३ का अध्यक्ष शिवप्रसाद आचार्यले शिक्षाको गुणस्तरीयता अभिबृद्धिको लक्ष्यलाई आत्मसात गर्दै विद्यालय परिवार अघि बढ्नुपर्ने धारणा राखे ।

    वडामा पूर्वाधार विकासले गति लिएको बताउँदै उनले स्थानीयवासीमा पनि उद्यमशिलताको विकास जरुरी रहेको बताए ।रासस गण्डकी प्रदेश कार्यालय पोखराका प्रमुख वासुदेव पौडेलले यस क्षेत्रको शैक्षिक उन्नयनमा विद्यालयले खेलेको भूमिका प्रशंसनीय भएको बताए ।

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सदनकुमार महतको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयको वार्षिक प्रगति विवरण प्रधानाध्यापक खिमबहादुर महतले प्रस्तुत गरेका थिए ।

    विद्यालयका शिक्षकद्वय कमलप्रसाद पौडेल र सन्तोष लामिछानेद्वारा सञ्चालित कार्यक्रममा शिक्षक अभिभावक संघका अध्यक्ष कमलप्रसाद पौडेलले स्वागत गरे भने निवर्तमान विद्यलाय व्यवस्थापन समितिका अध्यक्ष चेतबहादुर महत, सरस्वती टीका माध्यमिक विद्यालयका प्रधानाध्यापक नन्दलाल काफ्ले, चीरशान्ति प्रा.वि.का अध्यक्ष राजु कार्की, समाजसेवीहरू पिताम्बर पौडेल, हरिराम पौडेल, कर्णकुमारी महत लगायतले बोलेका थिए ।

    विभिन्न विधामा उत्कृष्ट विद्यार्थीलाई सम्मान गरिएको कार्यक्रममा विद्यार्थीले विभिन्न सांस्कृतिक प्रस्तुति देखाएका थिए ।

    कार्यक्रममा स्व.मनकुमारी महतको स्मृतिमा उहाँका परिवारजनले ७५ हजार ८६५ रुपैयाँको अक्षयकोष स्थापनाका लागि विद्यालयलाई रकम हस्तान्तरण गरेका थिए ।

    उक्त अक्षयकोषको ब्याज रकमबाट वर्षेनी एसइईमा उत्कृष्ट एक विद्यार्थीलाई पुरस्कृत गर्ने जनाइएको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.