• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

माछापुच्छ्रेमा राष्ट्रपति रनिङशिल्ड अन्तर विद्यालय खेलकूद जारी

  •    शुभेच्छा न्यूज  /१३ माघ २०७६, सोमबार २०:२१ ,  प्रकाशीत
  • पोखरा,१३ माघ । कास्कीको माछापुच्छ्रे गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड अन्तर विद्यालय खेलकूद प्रतियोगिता २०७६ जारी छ ।

    रनिङ शिल्ड अन्तर्गत गाउँपालिका भित्रका सामूदायिक तथा संस्थागत माध्यमिक विद्यालयहरुबीचको एथलेटिक्स, लङजम्म, सटपुट लगायतका खेलमा विद्यार्थीहरुबीच स्पर्धा भइरहेको छ ।

    आज भएको १०० मिटर छात्र÷छात्रा दौडमा छात्रतर्फ बराह माविका सागर परियार प्रथम, शारदा माविका केशव जिसी द्धितीय र महेन्द्र माविका सरोज नेपाली तृतीय भए । छात्रातर्फ बराह माविका कविता अधिकारी प्रथम, उदय माविका विनु विक द्धितीय र माछापुच्छ्रे माविका रितिका तामाङले तेस्रो स्थान हासिल गरे ।

    त्यसैगरि २०० मिटरतर्फ शारदा माविका केशव जिसी प्रथम, बराह माविका सागर परियार द्धितीय तथा पृथ्वीनारायण माविका भानुभक्त दाहाल तृतीय भए ।

    छात्रातर्फ उदय माविका सुमित्रा अधिकारी प्रथम तथा रितु भण्डारी द्धितीय र माछापुच्छ«े माविका सुनिता विकले तेस्रो स्थान हासिल गर्न सफल भए ।

    ४०० मिटर छात्रातर्फ उदय माविका रितु भण्डारी प्रथम, सुमित्रा अधिकारी द्धितीय र बराह माविका कविता अधिकारी तृतीय भए ।

    ८०० मिटर छात्र दौडतर्फको इभेन्टमा ज्ञानज्योति माविका विवेक परियार प्रथम,महेन्द्र माविका मन्दिप नेपाली द्धितीय र बराह माविका सुजन ढुँगाना तृतीय भए भने छात्रातर्फ उदय माविका विनु विक प्रथम तथा रितु भण्डारी द्धितीय र माछापुच्छ«े माविका सुस्मा कुँबर तृतीय भए ।

    लङजम्प छात्रातर्फ उदय माविका विनु विक प्रथम, महेन्द्र माविका सुशिला शाही द्धितीय र शारदा माविका गोमा पुन तृतीय भए भने छात्रतर्फ शारदा माविका जीवन पुन प्रथम, महेन्द्रका महादेव अधिकारी र सरोज नेपाली क्रमशः द्धितीय र तृतीय भए ।

    सटपुट छात्रतर्फ शारदा माविका राजेश गुरुङ प्रथम र शुक्लागण्डकी माविका सुजन नेपाली द्धितीय र मिलन पुन तृतीय भए ।

    रिले दौड छात्रातर्फ उदय माविका विनु विक प्रथम, महेन्द्र माविका सुशीला शाही द्धितीय र शुक्ला गण्डकीका अञ्जना नेपालीले तेस्रो स्थान हासिल गरेका छन् ।

    यही माघ १२ गतेदेशी शुरु भएको प्रतियोगिता मंगलबार समापन गरिने वडा नं ४ का वडाध्यक्ष पूर्णबहादुर शाहीले जानकारी दिए।

    आज भएका स्पर्धामा विजयी खेलाडीहरुलाई नेपाल भलिबल संघका केन्द्रीय उपाध्यक्ष याम गुरुङ, वडाध्यक्ष शाही, पूर्व अन्तर्राष्ट्रिय खेलाडी लेखनाथ लम्साल,प्रतियोगिता आयोजक समितिका सचिव गोविन्द अधिकारी लगायतले पुरस्कार वितरण गरेका थिए ।

    सरकारले विद्यालयतहबाटनै खेलकूद प्रतिभाको खोजी गर्दै सम्वद्र्धन र प्रवद्र्धन गर्ने लक्ष्य सहित गतवर्षदेखी देशको सङ्घीय संरचना अनुसार स्थानीय, प्रदेश र सङ्घस्तरीय राष्ट्रपति रनिङ शिल्ड आयोजना गर्दै आएको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.