• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

सडकमा रहेका भारतीय मगन्तेलाई नियन्त्रण गर्न माग

"पर्यटकीय सहर पोखराको सडकका मगन्ते नियन्त्रण गर्न माग "
  •    शुभेच्छा न्यूज  /१३ माघ २०७६, सोमबार २०:३२ ,  प्रकाशीत
  • गण्डकी प्रदेशसभाका सदस्य एवं अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाले पर्यटकीय सहर पोखराको सडकका मगन्ते नियन्त्रण गर्न माग गर्नुभएको छ ।

    सोमबार गण्डकी प्रदेशको पाँचौ हिउँदे अधिवेशनको सातौ बैठकको विशेष समयममा बोल्दै सभापति कोइरालाले पोखराको मुख्य मुख्य चोकहरु र पर्यटकीय क्षेत्र लेकसाइडमा मगन्तेहरुको कारण पोखराको सन्देश बाहिर राम्रो नगएको बताउनु भयो ।

    पोखरा शुन्दर छ भन्दै धेरै देशका पर्यटक पोखरा आएका छन् तर मगन्तेहरुले नाङगै बसेर पर्यटकलाई पच्छाउन,े रुने, पैसा माग्ने जस्ता क्रियाकलाप गर्दा देशकै इज्जत जाने गरेको बताउनु भयो ।

    पोखरामा यसरी माग्न बस्नेहरु ९० प्रतिशत भारतीय नागरिक रहेको भन्दै कोइरालाले सडकका मगन्तेलाई नियन्त्रण गर्न सभामुख मार्फत प्रदेश सरकारसंग माग गर्नुभयो । वेलैमा नसोच्नेहो भने यसले विकराल रुपलिन सक्ने भएकोले सवै सचेत हुनुपर्ने उहाँको भनाई थियो ।

    पोखरा घुम्न आउने पर्यटकले आफ्नो देशमा पुगेर पोखराको बारेमा दिने सकारत्मक, नकारात्मक सन्देशले त्यस देशबाट नेपाल घुम्न आउने नआउनेको सख्यामा घटी बढी हुन सक्ने भएकोले सानो सानो कुरामापनि ध्यान दिन आग्रह गर्नुभयो ।

    प्रदेश सरकारलाई पोखरा महानगर पालिकासंगको सहकार्यमा सडकबाट मगन्ते हटाउन आग्रह गर्नुभयो ।

    कोइरालाले भिजिट भिजामा आएका पर्यटकले लेकसाइडमा ब्यपार गरेको कुरा आफुले सदनमा यस अगाडी उठाएको स्मरण गराउदै प्रदेश सरकारले चासो दिएर हटाउने कार्य गरेको पनि बताउनु भएको थियो ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.